• २१ भदौ २०८३, आइतबार
  • १०ः२७ बिहान

झाडी फाड्ने क्रममा मानव कङ्काल भेटियो

प्रकाशित मिति

२०७६ फाल्गुन २२ गते, बिहीबार ०९:०५

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पुरानो पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ।

National Life

स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा मानव कङ्काल भेटिएको थियो । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कङ्काल हो भन्ने पहिचान हुन नसकेको बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानमा सो कङ्काल पुरुषको भएको तथा कङ्काल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ।  घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली आएर अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागि कङ्काल शिक्षण अस्पताल लगिएको कोईरालाले बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया