सरकारले माग्यो एक हजार पाँच सय स्वयंसेवक शिक्षक
प्रकाशित मिति
२०७६ फाल्गुन १७ गते, शनिबार ०३:०९
भक्तपुर, सरकारले १ हजार ५ सय स्वयंसेवक शिक्षक माग गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेर बसेका युवाका लागि स्वयंसेवक शिक्षकको आवेदन खुलाएको हो ।
केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले युवाले देश र समाज बुझ्ने अवसर पाउन् भनेर स्वयंसेवक शिक्षकको आवेदन खुलाएको बताउनुभयो । आर्थिक वर्ष २०७६÷०७७ को बजेटको ‘चिनौँ आफ्नो माटो, बनाऔँ आफ्नो देश’ कार्यक्रम अन्तर्गत स्वयंसेवक शिक्षक राख्न लागिएको उहाँको भनाई छ ।
विद्यालयमा अंग्रेगी, गणित र विज्ञानको शिक्षक कम भएकाले पनि त्यसको परिपूर्तिका लागि सहयोग मिल्ने भएकाले १ वर्षका लागि स्वयंसेवक शिक्षक राख्न लागिएको केन्द्रले जनाएको छ । हालैउच्च शिक्षा हासिल गरेकाले आवेदन दिन सक्ने र छनौट भएका स्वयंसेवक शिक्षकले सरकारले तोकेको स्थानीय तहमा गए स्नातकोत्तर गरेकाले रु३२ हजार र स्नातक गरेकाले रु २४ हजार मासिक भत्ता पाउने महानिर्देशक थपलियाको भनाई छ ।
प्रतिकृया