• २१ भदौ २०८३, आइतबार
  • २ः२४ दिउँसो

पशुपतिमा सजाइएका फूलहरु बाँदरले चलाएनन्, मानिसबाटै चोरिए

प्रकाशित मिति

२०७६ फाल्गुन १० गते, शनिबार ०५:३५

काठमाडौंः पशुपतिनाथ मन्दीरमा महाशिवरात्रिमा सजाइएको फूल चोरी भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरासत्रको अवसरमा लाखौं रकम खर्चेर विभिन्न देशबाट मगाएको फूल राती नै चोरी भएको हो । शुक्रबार राति सम्म फूल र बत्तिले झकिझकाउ भएको पशुपतिनाथ मन्दीर शनिबार बिहान फूल नै गायब भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

National Life

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपतिका फूल बाँदरबाट जोगाउन सकिए पनि मान्छेबाट जोगाउन नसकिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले पशुपतिनाथलाई फूल सजाउन मात्र झण्डै दुई करोड रकम खर्च गरेको बताए । उक्त फूलहरु भारत, अष्ट्रेलिया र थाइल्याण्डबाट मगाइएको थियो ।

Classic Tech Desktop

यस अघि चीनीयाँ राष्ट्रपति सी जिङ पीङको नेपालको भ्रमणमा आएको समयमा तीनकुनेस्थित पार्कमा सजाइएको दुबो समेत चोरी भएको थियो । कृतिम रुपमा त्यो समयमा सजाउनका लागि बनाइएको पार्कमा राष्ट्रपति पीङ विमानस्थलबाट उड्न नपाउँदै चोरी भएको थियो ।

पशुपति क्षेत्र विकास कोषका एक अधिकारीका अनुसार लाखौँ खर्चिएर सजाइएको उक्त फूल शिवरात्रीको राति नै दर्शन गर्न पुगेका भनिएका भक्तजनले नै चुँडेर लुछेर बिरुप बनाइसकेका थिए।

प्रतिकृया