
वाग्मती प्रदेशका ज्येष्ठ पत्रकारलाई मासिक ३ हजारका दरले पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको प्रेस रजिस्टारको कार्यालयले जनाएको छ । पेन्सनका लागि सरकारले १५ लाख बजेट छुट्याइएको बताइएको छ ।
त्यस्तै दुर्घटनामा मृत्यु भएका पत्रकारलाई ५० हजार आर्थिक सहायता दिने कार्य्विधिसमेत पारित भएको प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिए । “दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई ३० हजार दिने र क्यान्सर तथा मिर्गौला रोगबाट पीडित पत्रकारलाई ७५ हजारसम्म सहयोग गर्ने योजना सरकारले अगाडि सारेको छ”, उनले भने, “सुत्केरी पत्रकारलाई प्रोत्साहनस्वरुप ३० हजारका दरले ४ वटा फेलोसिप दिने योजना पनि प्रदेश सरकारको छ ।” प्रेस रजिस्टारको कार्यालयबाट हालसम्म करिब १०० पत्रकारले परिचयपत्रसमेत प्राप्त गरेको बताइएको छ ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले पत्रकारको हकहितका लागि कानून निर्माणका साथै विभिन्न कार्याक्रम ल्याएको जानकारी दिए । प्रदेश सरकारले पत्रकार कल्याणकरी कोषको स्थापना गर्ने तयारी गरेको उल्लेख गर्दै उनले आफू श्रमजीवी पत्रकारका पक्षमा उभिएको बताए । स्रोत रासस




प्रतिकृया