सरकार चलाउने नैतिकता अव ओलीलाई छैनः डा. कोइराला
प्रकाशित मिति
२०७६ फाल्गुन १० गते, शनिबार ०५:०१
नेपालगन्ज । वर्तमान सरकार भ्रष्टाचारमा डुबेको पुष्टी भइसकेकाले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब सरकार चलाउने नैतिकता प्रधानमन्त्री ओलीलाई नभएको बताउनु भएको छ ।

शनिबार नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले बालुवाटार प्रकरणपछि सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा सरकार सञ्चालन गर्ने ब्यक्तिकै संलग्नता भएपछि प्रधानमन्त्रीले राजीनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्ने सुझाव दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘सरकारको नेतृत्व गर्ने व्यक्तिले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको छ, बालुवाटार प्रकरणमा सरकार र अख्तियार बीचको मिलेमतो हामीलाई स्वीकार्य छैन, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा पनि सरकारका उच्च ओहोदाका ब्यक्तिहरु नै यसमा सहभागी हुनुहुन्छ भन्ने देखिन्छ, जो–जो हुनुहुन्छ, उहाँहरुले नैतिकताको आधारमा राजिनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्छ भन्ने माग रहेको छ।’

सरकार काण्डै–काण्डमा मुछिएकाले पुर्ण रुपमा असफल भइसकेको भन्दै उनले भने, ‘यो सरकार असफल भइसकेको छ, सरकार सर्वसत्तावाद हुदै अधिनायकवादतर्फ गइराखेको छ।’



प्रतिकृया