• २० भदौ २०८३, शनिबार
  • ८ः५९ बिहान

गल्ती गर्नेलाई छुट दिने पक्षमा छैनौँः प्रचण्ड

प्रकाशित मिति

२०७६ फाल्गुन १० गते, शनिबार ०४:५२

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने जो काहीलाई पनि पार्टीले छुट नदिने बताउनु भएको छ ।

National Life

शनिबार नवलपुर स्थित प्रेस सङ्गठन नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कसैले गल्ती गरेको खण्डमा उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पार्नु भएको छ ।

‘सञ्चारमन्त्री बास्कोटाको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ’, अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । हामी गल्ती गर्नेलाई छुट दिने पक्षमा छैनौँ भन्दै प्रचण्डले भन्नुभयो– म अहिले यति मात्रै भन्न चाहन्छु ।

Classic Tech Desktop

अध्यक्ष दाहालले अहिले चर्चामा रहेको एमसिसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले हिजो मात्रै दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरु सो प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए । कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरुले अध्ययन गरिरहेको उहाँले बताउनुभयो। ‘एमसिसी परिवर्तन नै हुन नसक्ने दस्तावेज नभएकाले परिमार्जित गरेर अगाडि बढाउने तयारी भइरहेको छ’, प्रचण्डले बताउनुभयो ‘यो विषयमा सचिवालयले छलफल गरेर त्यसलाई टुङ्गोमा पुर्याइनेछ ।’

अध्यक्ष दाहालले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताउँदै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरुलाई आम रुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख गर्नुभयो । आउने दशक आम नेपाली युवाहरुलाई नयाँ युगतिर लैजाने दशक हुनेमा भरोसा गर्नसमेत आग्रह गर्नुभयो ।

प्रतिकृया