• २० भदौ २०८३, शनिबार
  • ७ः३१ बिहान

बीपीको विचारलाई अघि बढाएर लैजाने डा.कोइरालाको दृढ

प्रकाशित मिति

२०७६ फाल्गुन १० गते, शनिबार ०४:२६

कुनैपनि अवस्थामा राजतन्त्र फर्कन सक्दैन ।

National Life

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताउनु भएको छ ।

शनिबार नेपालगन्जमा नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नसभयो–‘गुट र उपगुटमा डुबेको कांग्रेसलाई त्यसबाट बचाउन पनि महाधिवेशन नै आवश्यक रहेको छ ।’

Classic Tech Desktop

१४औं महाधिवेशनबाट कांग्रेसलाई गुट–उपगुटमुक्त बनाउनुपर्नेमा नेता डा. कोइरालाले जोड दिनुभयो । उहाँले पार्टीका सबै नेता तथा कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न पनि आग्रह गर्नुभयो। कुनैपनि अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताउँदै आफूहरु बीपीको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अघि बढाएर लैजानपर्छ भन्ने कुरामा डा.कोइराला दृढ रहनु भएको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, डा. चन्द्र भण्डारीलगायतका नेताका साथमा बाँके आएका नेता डा. कोइराला शनिबार पार्टीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांगे्स बाँकेकी सभापति किरण कोइरालाले जानकारी दिनुभयो ।

उहाँले बताउनुभयो, ‘मुलुक अत्यन्त गम्भीर परिस्थितिबाट गुज्रिरहेको कारण देशमा हाल नियन्त्रित प्रजातन्त्र, सुशासनरहित अवस्थाका कारण मौलाएको भ्रष्टाचारले गर्दा मुलुक नै भड्खालोमा जाने सम्भावना रहेको छ’ ।

नेता कोइरालाले सरकारका मन्त्री भ्रष्टाचारकान्डमा मुछिनु गलत भएको उल्लेख गर्दै निष्पक्ष छानबिनको मागसमेत गर्नुभएको छ ।

प्रतिकृया