• १९ भदौ २०८३, शुक्रबार
  • ९ः३८ राती

८ अर्ब ६९ करोडले शेयर बजार उकालो लाग्दै

प्रकाशित मिति

२०७६ फाल्गुन १० गते, शनिबार ०३:४९

काठमाडौँ । शेयर कारोवार नेप्से परिसूचक लगातार उकालो लागेको धितोपत्र बजारमा नयाँ इतिहास कायम गरेको छ । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा विश्वास पैदा भएको छ । यसले बजारमा थप लगानीकर्तासमेत जोडिएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८१ कम्पनीको ८ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४७४ मूल्य बराबरका कूल दुई करोड ५३ लाख ३३ हजार ५५९ कित्ता शेयर कारोवार भएको छ। बजार ओरालो लागेर न्यून विन्दुमा आइपुगेको नेप्सेले उकालो यात्रासँगै कारोवारमा पछिल्ला दिनमा सुधार आएको छ ।

Kamana Sewa

साताको पहिलो दिन नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढ्यो । सो दिन विभिन्न चार कम्पनीका शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको थियो । त्यस दिन नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको थियो । कूल १७६ कम्पनीका ४१ लाख ५ हजार १३४ कित्ता शेयर १ अर्ब ९७ करोड ८१ लाख ८ हजार ७०१ बराबरको कारोवार भए।

Classic Tech Desktop

सोमबार नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । बजारमा लगातार उकालो लागेको त्यस दिन नेप्सेले नयाँ इतिहास कायम गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर १ हजार ३९८.२४ मा पुग्यो । झण्डै २ अर्ब ७० करोड जतिको कारोवार भयो । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।

मङ्गलबार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुग्यो । लामो समयपछि नेप्सेले १ हजार ४०० माथि पुगेको हो । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने २ अर्ब माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भयो ।

बुधबार नेप्सेमा ५.२४ विन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुग्यो । त्यस दिन कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद–बिक्री भए । बिहीबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । लगातार उकालो लागिरहेको बजारले नयाँ उचाइ कायम गर्यो । त्यस दिन नेप्सेमा २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुग्यो । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर २ अर्ब ७८ करोड ५० लाख ४ हजार ९०८ मूल्यमा खरिद–बिक्री भए ।

प्रतिकृया