• १ असोज २०८३, बिहीबार
  • ८ः४६ बिहान

मदरल्याण्डको अभिभावकलाई संस्कारयुक्त पारिवारिक वातावरण निर्माण सचेतना

प्रकाशित मिति

२०७६ फाल्गुन ४ गते, आईतवार ०६:२५

भक्तपुर, मदरल्याण्ड स्कुलले आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त पारिवारिक वातावरणको निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सूर्यविनायक नगरपालिका– ९ का वडाध्यक्ष उपेन्द्रराज केसीले विरुवामा जल हालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।

National Life

कार्यक्रममा वडाध्याक्ष केसीले विद्यार्थीहरुलाई मात्र नभई अभिभावकलाई समेत यस्तो जीवनपयोगी अभिभावक अभिमुखिकरण कार्यक्रम गरेमामा समाज विकासमा मद्दत पुग्ने बताउनुभयो । केसीले विद्यार्थीमा यस्ता कार्यक्रम अभिभावकका लागि मात्र नभइ समाज र देशको लागि नै प्रभावकारी हुने धारणा राख्नुभयो ।

संस्कारयुक्त पारिवारिक वातावरणको निर्माण एवं कानुनी सचेतना विषयक अभिभावक अभिमुखिकरण कार्यक्रम २०७६ तथा एसइइ २०७५ को बधाई तथा विदाइु कार्यक्रममा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतमा प्रसिद्ध मनोवैज्ञानिक परामर्शकर्ता रविन कटवालले संस्कारयुक्त पारिवारिक वातावरणको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा परामर्श दिनुभएको थियोे।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीले कानुनी सचेतना विषयक सडक सुरक्षा, लागुपदार्थ दुर्वेशनी, मानव बेचविखन र साइवर क्राइम बारे जानकारी दिदै सो सम्बन्धि प्रशिक्षण दिएका थिए ।

विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिदै यस किसिमको व्यवहारिक शिक्षा समेत दिदै आएको मदरल्याण्ड स्कुलले बेला बेलामा विद्यार्थी तथा अभिभावकलाई जीवनोपयोगी शिक्षा दिने उद्देश्यले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै आएको विद्यालयका प्रिन्सीपल संजय खड्काले बताउनु भयो ।

खड्काले मदरल्याण्डले प्रेरणामुलक अभिमुखिकरण कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताउनुभयो । विद्यार्थीहरुलाई पटक पटक विविध विषयमा अभिमुखिकरण गरिएको कुरा गर्दै प्रत्येक वर्ष अभिभावकहरुलाई पनि यस्ता परामर्शका कार्यक्रम गर्दै आएको खड्काले बताउनु भयो ।

खड्काले सभ्य र सन्तुलित समाज एवं राष्ट्र निर्माणमा आजका बालबालिकाहरुले सही बाटो अबलम्बन गराउन र उनीहरूको उज्ज्वल भविष्यका लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो। उहाँले विद्यार्थीलाई असल संस्कारको विकास गराउनु पर्ने र गलत संगत एवं कुलतमा लाग्न नियन्त्रण गर्नको लागि समेत अभिमुखिकरण उपयोगी हुने बताउनुभयो।

सूर्यविनायक नगरपालिका– ९ भातेढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलद्वारा आयोजित उक्त कार्यक्रममा एसईई २०७५ मा सम्मिलित २९ जनालाई विद्यार्थीलाई बधाईका साथ सम्मान गर्दै विदाई गरिएको थियोे भने करिब ३ सय ५० जना अभिभावकको उक्त सचेतना कार्यक्रममा उपस्थिती रहेको थियो ।अभिमुखिकरण कार्यक्रम निकै उपलब्धि मुलक रहेको सहभागी अभिभावकहरुले बताउनुभयो ।

 

प्रतिकृया