पद सानो काम ठूलो, ट्राफिक भवन बनाउने हवल्दार ईश्वर बन्जाराको बिदाई र सम्मान
प्रकाशित मिति
२०७६ फाल्गुन ४ गते, आईतवार ०६:३३
भक्तपुर, महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको भवन तयार पार्ने जिम्मेवारी पुरा गरेका प्रहरी हवल्दार ईश्वर बन्जाराको एक समारोहकाबीच आज सम्मान तथा बिदाई गरिएको छ । हवल्दार बन्जारा सरुवाको हालै ट्राफिक महाशाखा रामशाहपथमा सरुवा भएको छ ।
ट्राफिक प्रहरी परिसर चुनदेबी कार्यलयमा आयोजित कार्यक्रममा परिसर प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपाने,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायत समाजसेवी र स्थानीयले माला र खादा लगाई बन्जारालाई सम्मान, बिदाई तथा सफलताको कामना गर्नुभयो । बन्जाराको सकृयताले पक्की भवन बनेपछि प्रहरीलाई कार्यसम्पादनमा सहज भएको बत्ताहरुको भनाई थियो ।
कार्यक्रममा ट्राफिक प्रहरी सन्तोष कुमार सिंहलाई पनि सम्मान र बिदाई गरिएको छ । सिंहको पनि ट्राफिक महाशाखा रामशाहपथमा सरुवा भएको छ ।
आजै सुन्दर नगरमा आयोजित अर्को एक कार्यक्रमकाबीच राष्ट्रिय संचार केन्द्रले पनि बन्जारा र सिंह दुबैलाई सम्मान र बिदाई गरेको छ ।
कार्यक्रममा पत्रकार महासंघ उपत्यका प्रदेश सचिब अमर भुजु, महासंघ भक्तपुर अध्यक्ष बुढाथोकी, केन्द्रका अध्यक्ष पेशल आचार्य लगायतले यस अघि यहाँ ट्राफिक प्रहरीको आफ्नै भवन नभएको अबस्थामा भवन निर्माणमा सकृयता देखाई पुरा गरेको स्मरण गर्नुभयो ।
यस अघि भाडामा लिएको भवन पनि ब्यबस्थित थिएन । निकै साँघुरो ठाउँ । काम गर्न निकै गाह्रो पथ्र्याे । जब उनी सरुवा भएर भक्तपुर आए त्यसपछि यहाँका स्थानीयसँग सहकार्य गरेर एउटा राम्रो कार्यालयका लागि भवन बनाउने जिम्मा उनको काँधमा आयो । शिलान्यासको एक बर्षसम्म निर्माणले गति खासै गति नलिए उनी आएपछि तीब्रता पाएको थियो ।
गत २०७४ साल कात्तिक २९ गते निबर्तमान प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले भवनको उद्घाटन गर्नुभएको थियो । समुदाय प्रहरी साझेदारी अन्तर्गत समुदायको सहयोग र जनसहभागिता,ब्यबसायी र दाताबाट जुटाएर रु.एक करोड ९० लाख तथा भौतिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।हाल सोही भवनमा रहेर ट्राफिक प्रहरीले काम गरिरहेका छन् । २४ सै घण्टा खटिएर भवन निर्माणलाई पुरा गर्न सकेका हवल्दार बन्जाराले हाछेथुले जस्तै थप भवन बनाउने र ट्राफिक जाम खुलाउने मामलामा समेत थप सफलता चुम्न सकुन् भन्ने भक्तपुरबासीको शुभेच्छा छ ।






प्रतिकृया