• २ असोज २०८३, शुक्रबार
  • ३ः२६ दिउँसो

चौधरीले गरे पूर्व सचिव कार्कीकी श्रीमती ‘मुनाको’ हत्यापछि आत्महत्या

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ०७:०१

काठमाडौं । सानेपास्थित घरमा अचेत अवस्थामा भेटिएकी पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको निधन भएको छ । अचेत अवस्थामा उपचारका क्रममा स्टार अस्पतालमा लगिएकी उनलाई आज मृत घोषित गरिएको थियो ।

National Life

घटनाको जानकारी पाएपछि १२ बजे महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईसहितको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा चौधरी डाइनिङ हलमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

टाउकोमा गम्भीर चोट लागेकी उनको मृत्यु भइसकेको स्रोतले बताएको छ । मुना अचेत अवस्थामा र कामदार विजय चौधरी झुण्डिएको अवस्थामा फेला परेका भनिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीले हत्यापछि आत्महत्या गरेको खुलेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पूर्व सचिव कार्की पशुपतिनाथमा सोमबारको पूजा गरी फर्कंदा कामदार चौधरी झुण्डिएको अवस्थामा र श्रीमती मुना कार्की रगतले लतपतिएको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रतिकृया