• ३ असोज २०८३, शनिबार
  • ९ः५१ बिहान

आगामी तीन दिनको मौसम : पहाडी भू-भागमा आंशिक बदली, वर्षाको सम्भावना छैन

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ०६:४७

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।
महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको भएपनि वर्षा तथा हिमपातको सम्भावना नरहेको जानकारी दिएको हो ।
महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक बदली हुने भए पनि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेने छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २८ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २९ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ०१ गते (बिहिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।

National Life

प्रतिकृया