• ३ असोज २०८३, शनिबार
  • १२ः३८ दिउँसो

कर्मचारी, जनप्रतिनिधि तथा आम नागरिकको उत्साहजनक सहकार्यले नै सूर्यविनायक समृद्धिको बाटोमा अगाडि बढ्दैछ : नगरप्रमुख थापा

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ०७:१४

भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाले सम्पन्न गरेको आर्थिक बर्ष २०७६ र ०७७ को प्रथम ६ महिनाको अर्ध बार्षिक प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख थापाले निर्वा्चित जनप्रतिनिधि,कर्मचारी तथा आम नागरिकबीचको सहकार्य उत्साहजनक रुपमा अगाडि बढेका कारण नै नगरपालिकाले समृद्धिको बाटोमा अगाडि बढिरहेको बताउनुभयो ।

National Life

थापाले नगरपालिकाले चालू आर्थिक बर्षमा ४२५ वटा योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । आर्थिक बर्ष २०७६र७७ का लागि नगरपालिकाले १ अर्ब ३० करोडको बजेट स्वीकृत गरेको बताउँदै थापाले गत बर्षको तुलनामा बजेटको आकार र क्षेत्र बृद्धि भएका कारण श्रोत परिचालन र कार्यान्वयनमा चुनौती थपिएको बताउनुभयो । थापाले भन्नुभयो, ‘चालू आर्थिक बर्षको निम्ति विनियोजित बजेटको पौष मसान्तसम्म ६३ दशमलव ८१ प्रतिशत आम्दानी भएको छ । प्रथम ६ महिनामा भएको आय विवरणको विश्लेषण गर्दा आन्तरिक आयको हिस्सा ६६ प्रतिशत र बाह्य आयको हिस्सा ३४ प्रतिशत रहेको छ ।’

नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण कार्य आरम्भ भएको बताउँदै नगरपालिकामा भूकम्पबाट क्षति भएका ७ हजार २ सय १३ जना लाभग्राही सूचिमा समावेश भएको बताउनुभयो । ‘नगरपालिकाले प्रथम ६ महिनामा आम्दानीको लक्ष्यको तुलनामा औसतमा ६४ प्रतिशत भएको तथा खर्च औसत २५ प्रतिशत भएको तथ्याङ् विश्लेषणबाट देखिएको छ,’ थापाले भन्नुभयो,‘स्वीकृत कूल पुँजीगत बजेटको ६९ करोड २० लाखका सबै सबै योजनाहरु उपभोक्ता समिति तथा ठेक्का प्रक्रियामा खर्च भइरहेका छन् ।’

Classic Tech Mobile
Classic Tech Desktop

थापाले सूर्यविनायक नगरपालिकाले वडा नम्बर ४ मा नगरपालिका अस्पताल सञ्चालनमा ल्याई २४ घण्टा आकस्मिक सेवा सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगर क्षेत्रमा रहेका ११ वटा स्वास्थ्य संस्थाबाट आम नगरवासीलार्ई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ ।’ नेपाल सरकारले तोकेको ७२ प्रकारका निःशुल्क औषधी बर्ष नै सहज तरिकाले उपलब्ध गराउने व्यवस्था गरिएको बताउँदै थापाले भन्नुभयो, ‘वडा नम्बर ३ र ६ मा सहरी स्वास्थ्य संस्था स्थापना गरी सञ्चालनमा ल्याउने कार्य अगाडि बढेको छ ।’

प्रतिकृया