• २० भदौ २०८३, शनिबार
  • ३ः२९ दिउँसो

ब्रोइलरको मूल्यले तोड्यो रेकर्ड

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ०७:०५

काठमाडौं : ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ।

National Life

शनिबारदेखि लागू हुनेगरी बनेपामा जिउँदो ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय ७० रुपैयाँ लागू भएपछि रेकर्ड तोडिएको खबर आजको नागरिक दैनिकले छापेको छ।

जिउँदो ब्रोइलरको मूल्य बढेसँगै तयार मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ।

Classic Tech Desktop

यस अघि २०७४ वैशाखमा करिब एक महिना जिउँदो ब्रोइलर बनेपामा दुई सय ६० रुपैयाँमा बिक्री भएको थियो।

बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोर सञ्चालकले दिउँसै पसल बन्द गर्न थालेका छन्।

असोजदेखि मंसिरसम्म ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसमेत नआउँदा किसानले खोरमा चल्ला हालेका थिएनन्।

विगतमा काठमाडौँ आसपासका जिल्लामा ब्रोइलर महंगो हुँदा उपत्यकाका कोल्डस्टोरहरुले बाहिरी जिल्लाबाट सस्तोमा कुखुरा मगाउँदै आएका थिए।

यसपटक तराई र बाहिरी जिल्लामै ब्रोइलरको भाउ दुई सय ४० सम्म पगेको भन्दै शनिबार पहिलो पटक किलोमै २० रुपैयाँ बढाएका हुन्।

प्रतिकृया