• २० भदौ २०८३, शनिबार
  • १२ः५९ दिउँसो

सरकारका कामलाई पार्टी पङ्क्तिले गम्भीर ढङ्गले अध्ययन गर्नुपर्ने : सञ्चार मन्त्री बाँस्कोटा, पार्टी भित्र भने आलोचना

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ०७:१४

काठमाण्डौ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताउनु भएको छ ।

National Life

राष्ट्रिय सभागृहमा चलिरहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी मन्त्री बाँस्कोटाले बैठकमा स्वभााविकरुपमा सरकारको राम्रो कुरा मात्र आउँदैन कमजोरी पनि केलाइने भएकाले आलोचना भएको बताउनु भयो ।

उहाँले सरकारको आलोचना केही साथीले गरेको भन्दै कम्युनिस्ट पार्टीमा आलोचना हुनु स्वाभिक भएको बताउदै कतिपय थाहा नभएर, कतिपय बुझेर र कतिपय गर्नै पर्ने कारणले आलोचना भएको जानकारी दिनु भयो ।

Classic Tech Desktop

नेकपाका केन्द्रीय सदस्यसमेत रहनु भएका मन्त्री बाँस्कोटाले बैठकमा सरकारले गरेका निकै राम्रा उल्लेखित कार्यलाई संश्लेषित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारका कामलाई पार्टी पङ्क्तिले सतही आधारमा विश्लेषण नगरी गम्भीर ढङ्गले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री बाँस्कोटाले सरकार अहिले देशलाई आधार बिन्दुबाट उठेर क्रमशः परिमाण देखिने बिन्दुमा आउन थालेको जानकारी दिनुभयो ।

प्रतिकृया