• २१ भदौ २०८३, आइतबार
  • ६ः३० बेलुका

गोली प्रहार गरी गाँजा तस्कर पक्राउ

प्रकाशित मिति

२०७६ माघ १५ गते, बुधबार ११:०८

काठमाडौँ, गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले बुधबार बिहान १ बजे हेटौंडा–११, थानाभर्‍याङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरेर तीनजनालाई नियन्त्रणमा लिएको हो ।

National Life

सुरुमा प्रहरीले उनीहरुमाथि प्रहरीले हवाई फायर गरेको र प्रहरी देखेपछि भाग्दै गरेका उनीहरु सवार कारको टायरमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमा भारत मुजफ्फरपुरका अजयमल सवारी चालक, सञ्जीव पासवान र जाहेरा खातुन पक्राउ परेका हुन् । गाडीमा महिलालाई बिरामी बनाएर र एकजना बिरामी कुरुवा बनेर उनीहरुले गाँजाको तस्कर गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया