• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

कोरोना भाइरसबारे डब्लुएचओ प्रमुख र राष्ट्रपति सीबीच छलफल

प्रकाशित मिति

२०७६ माघ १५ गते, बुधबार १२:२६

मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो

एजेन्सी, चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ। भाइरसबाट संक्रमित हुनेको संख्या करिब ६ हजार पुगेको छ। कोरोना भाइरसको असर बढ्दै गएसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को बैठक बस्दै आएको छ। यसैक्रममा संगठनका महानिर्देशक टेड्रोस एडहानोम गह्रबहयम र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भाइरसका विषयमा छलफल भएको छ।

Kamana Sewa

भाइरसको प्रभावसँग जुध्दै गरेको चीन पुगेका टेड्रोसले भेटका क्रममा चीनले भाइरस रोकथाम गर्ने प्रयासमा देखाएको कामको प्रशंसा गरेका छन्। सीसँगको छलफलमा उनले भाइरसको नियन्त्रण गर्ने विषयमा चीन सरकार संवेदनशील बनेको भन्दै आगामी दिनमा यसको निरन्तरता रहने विश्वास व्यक्त गरेका हुन्।

Classic Tech Desktop

सीले भने भाइरसको संक्रमण रोक्न कामहरु अघि बढेको भन्दै भाइरस विरुद्ध लड्न चीन सफल हुनेमा आफू विश्वस्त रहेको बताएका थिए। यस्तै, विश्व स्वास्थ्य संगठन र चीनको राष्ट्रिय स्वास्थ्य आयोगबीच भाइरस नियन्त्रण गर्न र त्यस सम्बन्धित डाटाहरु आदानप्रदान गर्ने बारेमा निरन्तर सहयोग रहने सहमति भएको छ।

चीनको बुहान प्रान्तबाट विकराल रुपमा फैलिँदै गएको ुनोबेल कोरोना भाइरसु मानिसबाट मानिसमा सर्ने भएकाले पनि यसको जोखिम विश्वभर देखिएको हो। चीनको २९ प्रान्तमा हालसम्म यस भाइरसको प्रभाव देखिएको छ। चीनसँगै नेपाल, अमेरिका,सिंगापुर, फ्रान्स,भियतनाम, जापान र दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु पहिचान गरिएको छ।

प्रतिकृया