• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

ईपीएल खेल्न नेपाल आउने भए ड्वेन स्मिथ

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार १०:५४

नेपालको उत्कृष्ट फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग खेल्न ड्वेन स्मिथ नेपाल आउने भएका छन् ।

वेष्ट इण्डिजका लेजेन्ड स्मिथले २०२०को एभरेष्ट प्रिमियर लिग ईपीएल खेल्ने नेपाल आउन लागेका हुन् ।

Kamana Sewa

उनलाई भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको हो । ३६ वर्षीय स्मिथले वेष्ट इण्डिजका लागि तिनै फरम्याटको क्रिकेट खेलिसकेका छन् । स्मिथले भने, ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म त्यहाँ जान निकै आतुर छु ।’

Classic Tech Desktop

भैरहवाका कप्तान शरद भेषावकरले लामो समयसम्म वेष्टइण्डिज र आईपीएल क्रिकेटको पावर हाउसका रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

प्रतिकृया