भारतिय टेलिभिजन अभिनेत्रीले गरिन् आत्महत्या
प्रकाशित मिति
२०७६ माघ ११ गते, शनिबार ११:४७

नयाँदिल्ली । भारतमा एकपछि अर्को सेलिब्रेटिले सुसाइड गर्ने लहर चलेको छ । टीभी अभिनेता कुशल पन्जाबीले आत्महत्या गरेको केही हप्ता नबित्दै भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले पनि शुक्रबार आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनको घरमा सुसाइड नोट पनि प्राप्त भएको छ ।
सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी थिइन् भने सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन् ।

प्रहरी इन्स्पेक्टर का अनुसार सेजलले नीजि कारणले आत्महत्या गर्नुपरेको लेखिएको बताएका छन ।
सेजलले सिरियल अगाडी भीवो मोबाइल र उषा पंखाजस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन् । भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन् ।
यस अतिरिक्त सेजल शर्मा ‘आजाद परिन्दे’ नामक वेब सिरिजमा पनि काम गरिसकेकी छन् । उनले पहिलो पटक मोटोरोलाको विज्ञापनमा काम गरेर यस क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
राजस्थानको उदयपुरमा स्थायी घर भएकी सेजल शर्माको मृत्युमा विभिन्न टीभी कालाकारले शोक प्रकट गरेका छन् ।



प्रतिकृया