• १६:०३ २०८० चैत्र १६ गते
  • 4:03 pm

इरानी आक्रमण : ३४ अमेरिकी सैनिक गम्भिर

प्रकाशित मिति

२०७६ माघ ११ गते, शनिबार ११:५४

140308 armed forces tease u3vkdd

 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकस्थित आधारमा इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिक गम्भिर अबस्थामा रहेको बताएको छ ।

एक प्रवत्ताका अनुसार १७ जवानलाई स्वास्थ निगरानीमा राखिएको छ । अमेरिकी सैनिकको टाउकोमा ठूलो चोट लागेको पत्ता लागेको हो ।
जनवरी ८ मा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै अमेरिकीलाई चोट नलागेको बताएका थिए ।

इरानले आफ्नो शिर्ष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीलाई अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि यो कारबाही गरेको थियो ।

ट्रम्पले इरानी आक्रमणमा कुनै नोक्सानी नपुगेकाले जवाफी कारबाही नगर्ने बताएका थिए । तथापि, अघिल्लो साता पेन्टानले ११ जवानको उपचार भइरहेको बताएका थिए । स्रोत रातोपाटि

प्रतिकृया