भक्तपुरको पत्रकारिता बत्तिमुनिको अध्यारो : सांसद बस्नेत
प्रकाशित मिति
२०७६ माघ २ गते, बिहीबार ११:४०
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली सञ्चार माध्यमलाई व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनु भएको छ ।
भक्तपुरबाट प्रकाशित हुने समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाको १५ औं बर्ष प्रवेश कार्यक्रमका बोल्दै सांसद बस्नेतले आम नेपाली सञ्चार माध्यमलाई व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनु भएको हो ।

कार्यक्रममा सांसद बस्नेतले बंगलादेशको सञ्चार माध्यमले कुनै राजनीतिक दल तथा सरकारको आग्रह तथा पूवाग्रहभन्दा माथि उठि एक ढिक्का रुपमा वास्तविकतामा अडिक रहेर एक उदाहरणीय कार्यको रुपमा रहेको उल्लेल गर्दै नेपाली पत्रकारीता बंगलादेशको जस्तै सत्य, तथ्य तथा वास्तविकतामा अडिक, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उहाँले मिडिया सरकारको प्रतिपक्षी नभई सरकारको सहयात्री, रचनात्मक, सकारात्मक आलोचनात्मक लगायतको हुनु अपरिहार्य रहेको बताउँनुभयो । मिडिया जनताको सूचनाको हक पाउने अधिकारको स्थापीत गराउने महत्वपूर्ण माध्यम भएकाले सत्य, तथ्य र वास्तविकता उजागर गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘भक्तपुरको पत्रकारिता बत्तिमुनिको अध्यारो जस्तै थियो तर हाल भक्तपुरको पत्रकारिता क्षेत्रमा एकदमै सुधार आएको छ ।’
सरकारले ल्याएको विधेयकका सवालमा कुनै एउटा कोणबाट मात्र हेरी नकरात्मक विश्लेषण गर्नु नहुने बताउँदै उहाँले विधेयकामा कुनै समस्या भए संसदीय पद्धतिबाट बुँदा बुँदा सच्याउन सकिने स्पष्ट पार्नुभयो । जनताको भावनालाई सरकारले समेट्न सकेन भने संसदीय पद्धतिबाट समाधान गर्न सकिने प्रावधान हुँदा हुँदै विभिन्न प्रकारले नकरात्मक ढंगले विश्लेषण हुने गरेको गुनासो समेत उहाँले व्यक्त गर्नुभयो ।
सांसद बस्नेतले पछिल्लो समयमा पत्रकारिता क्षेत्र सशक्त र प्रभावकारी बन्दै आइरहेको बताउदै पत्रकारिता पेशाबाटै पत्रकारहरुको सहज जीवनयापन गर्ने अवस्था बनि नसकेको भन्दै पत्रकारितामा सुधार आवश्यक रहेको बताउनुभयो । सांसद बस्नेतले पत्रकारहरु समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहेकाले पत्रकारहरु व्यवसायीक बन्नुपर्ने र यसका लागि प्रकाशन गृह र सरकारको तर्फबाट पत्रकारहरुलाई व्यवसायीक बनाउने कार्य योजना ल्याउनुपर्ने बताउनुभयो ।




प्रतिकृया