शङकरमा मााघे संक्रान्ति
प्रकाशित मिति
२०७६ माघ १ गते, बुधबार ०३:०२
भक्तपुर, सूर्यविनायक–४ दधिकोट, स्थित शङकर नेशनल स्कुलद्वारा आयोजन गरिएको माघे संक्रान्ति मंगलबारको दिन मनाइएको छ । उक्त कार्यक्रम विशेष गरी प्रि—प्राइमेरी लेभलका विद्यार्थीको लागि आयोजना गरिएको थियो ।
कार्यक्रममा झन्नै करिब १८० जना विद्यार्थीहरुको सहभागीता थियो । माघे संक्रान्ति के हो ? र कसरी मनाइन्छ भनेर सिकाउने उद्देश्य रहेको थियो । घिउ, चाकु, तिलको लडडु, खिचडी, तरुल जस्ता परिकार बनाई विद्यार्थीहरुलाई आजको विषेश खाजाको रुपमा खुवाइएको थियो ।

नेपालको संस्कृति, चाडपर्वलाई कायम राख्नु पर्छ भन्ने विद्यालयको उद्दे्श्य रहेको छ । कार्यक्रम निकै नै रोमाञ्चक रहेको थियो । विद्यार्थीहरुलाई हरेक चाडपर्वको विशेषता र महत्व बुझाउनु पर्छ भन्ने विद्यालयको मान्यता रहेको छ । यसैगरी विद्यालयले विभिन्न कार्यक्रमहरुद्वारा पनि व्यवहारिक शिक्षा संगै शिक्षित बनाउन सक्छौ भन्ने विद्यालयका प्रधानाध्यापक श्री शरण चौलागाई ज्यूले जानकारी दिनु भएको थियो ।







प्रतिकृया