न्यु भिजन एकेडेमीलाई नमुना विद्यालयको रुपमा विकास गर्नका लागि प्रतिबद्धताका साथ अगाडी बढेका छौ :प्रिन्सिपल भट्टराई
प्रकाशित मिति
२०७६ पुष १८ गते, शुक्रबार ०९:३९
नेपालको शिक्षा क्षेत्रमा निजी बिद्यालयको योगदान महत्वपुर्ण रहेको छ ।तर पनि निजी बिद्यालयहरु बेला बेला सरकारको नीति,चर्को शुल्क बिवाद र अभिभावकको गुनासोको चेपुवामा पर्ने गरेका छन् । यी सबै अप्ठ्याराहरुलाई चिर्दै र अभिभावक,बिद्यार्थी र शिक्षकको मन जित्दै शिक्षामा यथासक्दो सेवा प्रदान गरिरहेको एक बिद्यालय हो , न्यु भिजन एकेडेमी प्रस्तुत छ यसै बिद्यालयका प्रिन्सिपल गणेश कुमार भट्टराईसँग मातृभुमि न्युज डट कमका लागि स्तुती चौधरीले गरेको कुराकानीको सार ।
न्यु भिजन एकेडेमी स्कुलको स्थापना कहिले भयो ?

न्यु भिजन एकेडेमी स्कुलको स्थापना वि.सं.२०६१ सालमा भएको हो । स्कुलबाट पहिलो व्याजमा एस.एल.सि. पास आउट २०६७ सालमा भएका थिए र अहिले अध्यनरत विद्यार्थी दशौँ व्याजका रहेका छन् । हाम्रो स्कुलमा कक्षा १२ सम्म संचालन रहेको छ भने कक्षा १२ मा हामीले ल र व्यवास्थापन का कक्षाहरु संचालन गरिसकेका छौ ।यसका साथै हामीले उच्च लेवलको लागि विभिन्न विषयको संचालन गर्न विभिन्न युनिभर्सिटीमा अवाद्ध हुन योजना बनाइ अगाडी बढीरहेका छौं ।

न्यु भिजन स्कुलमा अध्यनरत जम्मा विद्यार्थी कति जना रहेका छन् ?
हाम्रो स्कुलमा लगभग चार सय विद्यार्थी अध्ययनरत रहेका छन् भने प्लस टुमा चौतिस जना पहिलो व्याजको रुपमा अध्ययनरत रहेका छन् ।
न्यु भिजन स्कुलमा प्लस टुमा कुन–कुन विषय अध्ययन हुन्छ ?
स्कुलमा प्लस टुमा व्यवस्थापन,ल र मानविकी तिनै संकायलाई ध्यानमा राखी कक्षा संचालन गरे पनि समय सापेक्ष अनुसार ल का विद्यार्थी धेरै भएकाले हामीले लसंगै व्यवस्थापन संकायका कक्षाहरु संचालन गरी रहेका छौ ।
प्लस टुमा ल विषय नयाँ विषय जस्तो लाग्यो , यो विषय पढ्न कतिका विद्यार्थी उत्साहित छन् ? के ललाई मुल विषयको रुपमा लिन सकिनछ ?
पहिला यो विषय आइ. एल. भनेर पढाइ हुन्थ्यो ।विचमा स्नातक तह उत्तिर्ण गरी सके पछि मात्र यो विषय पढ्न पाउने प्राबधान आयो । यस्तो प्रबधान पछि यस क्षेत्रमा म्यानपावरहरु क्राइसिस भएको हुनाले र स्थानिय तहलाई पनि कानुन व्यवसाय पढेको आवश्यक पर्ने हुनाले नेपाल सरकारले यस विषयलाई ल्याएको हो । ल को बेसिक लेवल पुरा गरी सके पछि सो म्यानपावरले स्थानिय तहमा काम पाउने हुनाले यस विषयप्रति विद्यार्थी
आर्कषित भएका छन् र मुल विषय लिएर पढ्न सक्छन् ।
न्यु भिजन एकेडेमी स्कुलका अभिभावक र विद्यार्थीलाई कुन कुराले बढी अकर्षित गरेको छ ?
हाम्रो बिद्यालयमा व्यवस्थित र पढाउने तरिका नै फरक भएकोले स्कुलप्रति अविभावक र विद्याार्थी अकर्षित हुन्छन् । यसका साथै हाम्रो स्कुलले विद्यार्थीको चौतर्फी विकासका लागि आवश्यक पर्ने इसिए र सिसिए जस्ता क्रियाकलापहरु वार्षिक पत्रिकामा नै उल्लेख गरेका छौ । यसकारण हाम्रो विद्यालयको गतिविधि र हाम्रो स्कुलको योजना राम्रो भएरै आकर्षित भएका हुन् ।
इसिए र सिसिए बारे थप प्रष्ट पार्दिनु न ?
इसिए भन्नाले अतिरिक्त क्रियाकलाप भन्ने बुझिन्छ जस अन्र्तगत खेलकुद पर्दछन् भने सिसिएले पढाईलाई झन् सहयोग गर्ने अतिरिक्त क्रियाकलाप नै हो, जसमा कथा, कविता,निबन्ध लेखन लगायतका पर्दछन् ।
निजी विद्यालयहरुमा घोकाउने पद्धति अपनाएको सुनिन्छ , यस कुरालाई कुन रुपमा लिनु भएको छ ?
निजी बिद्यालयहरु विद्यार्थीहरुलाई घोकाउने बढी प्रतिशत ल्याउने, निजि विद्यालयमा पढी सके पछि सरकारी विद्यालय जतिको पनि विद्यार्थी नहुने भन्ने कुराहरु हामीहरुले सुन्ने गरेको छौ तर यी कुराहरुलाई ध्यानमा राखी विद्यार्थीहरुलाई कुनै पनि विषय वस्तुको बारेमा ज्ञान दिनका लागि प्रयोगत्माक रुपमा शिक्षा दिने गरेका छौ । मलाई लाग्छ घोकाउने कुरालाई विद्यार्थीहरुले हाम्रो स्कुलमा अनुभव नगरेका होलान् किनकी विषयबस्तुको बारेमा व्यवहारीक रुपमा सिकाउने गरेका छौ ।
निजि विद्यालयहरुमा चर्को शुल्क लिने सुनिन्छ, ,यसलाई कसरी लिनु भएको छ ?
हामीले विद्यार्थीहरुबाट लिएको शुल्कको सही सदुपयोग गरेका छौ र शुल्क लिए वापत आज सम्म कुनै पनि अविभावकले गुनासो गर्नु भएको छैन । हामी उहाँहरुसंग शुल्क लिए जतिको सेवासुविधा प्रदान गरेका छौ । हाम्रो स्कुलको शुल्क अन्य विद्यालय जति चर्को छैन मिडियम रहेको छ ।
अन्य निजी स्कुल भन्दा यस स्कुलमा के फरक सेवा सुविधा छ ?
सामान्यतया सबै स्कुलले सेवा सुविधा दिइ रहेका हुन्छन् । भर्नाको समयमा स्कुलका विभिन्न सुविधाहरुका नाममा पैसा कटौती गर्ने गर्छन् तर हाम्रो स्कुलमा त्यो गरिदैन । हामीले बच्चा र अभिभावकलाई स्कुलको कक्षा कोठा लगायत राम्रो सेवा सुविधा दिएका छौं, सबैको अध्ययन गराएर मात्र विद्यार्थी भर्ना गर्छौं । जस्ले गर्दा बच्चालाई आउट माइग्रेसन नहोस् र कक्षा १२ सम्म यहीँ स्कुलमा अध्ययन गरुन् भन्ने हाम्रो चाहना हो ।
अतिरीक्त क्रियाकलाप अन्र्तगत यस स्कुलबाट के–कस्ता क्रियाकलापमा सहभागी भएको छ ?
हामीले विद्यार्थीलाई घोकन्ते विद्या भन्दा फरक शिक्षा दिनका लागि थोरै समयमा अन्तरिक परिक्षा लिइ विभिन्न विषय सम्बन्धी प्रयोगात्मक कार्य गराउने गर्छौ । त्यसका साथै–साथै शैक्षिक भ्रमण, खेलकुद, विभिन्न रचनात्मक क्रियाकलाप गराउने गरेका छौ । स्कुलको टिफिन समयमा पनि हामीले विद्यार्थीलाई दूई समुह –जुनियर र सिनियरमा विभाजन गरी खेलकुदका समाग्री उपलब्ध गराएका छौ । जसले गर्दा खेलकुदका समाग्रीहरु विद्यार्थीले आफ्नो क्षमता अनुसारले प्रयोग गर्न सक्छन् । अतिरिक्त क्रियाकलाप बाहेक हाम्रो विद्यालयको पढाइ पनि एकदमै राम्रो छ । जस्ले गर्दा एस. ई. ई. को नतिजा राम्रो आउने गरेको छ ।
निजी विद्यालयहरुमा योग्यता नपुगेका, कम अनुभाव भएका शिक्षक रहेको सुनिन्छ त्यसमा तपाई विचार के छ?
अनुभव नभएका शिक्षकले पक्कै पनि गुणस्तरीय शिक्षा विद्यार्थीहरुलाई दिन सक्दैनन् । जस्ले गर्दा हामीले अनुूभवी शिक्षकलाई प्रथामिकता दिने गरेका छौं। त्यसका साथैसाथै हामीले ६÷६ महिनामा प्रत्येक शिक्षकलाई तालिमको व्यवास्था गरेका छौ । हाम्रो स्कुलमा स्नातक तह भन्दा कम लेवलका शिक्षक राख्ने गरेका छैनौ । अनुभावका आधारमा हामीले शिक्षकलाई पनि कक्षा अपग्रेड गर्ने गर्छौ ।
यस स्कुलको स्थापनाकालदेखि हालसम्म के–कस्ता चुनौतीहरु आइपरेका छन्?
विद्यालय संचालन गर्नु आफंैमा चुनौती हो किनकी यसलाई कसैले व्यवसायिक रुपमा लिने गरेका छन् भने कसैले सामाजिक सेवाको रुपमा लिने गरेका छन् । हामीले विद्यालय संचालन गर्नुलाई सामाजिक सेवाको रुपमा लिने गरेका छौ । सरकारले ल्याएको शिक्षा नीतिअनुसार निजि विद्यालयहरु संचालन गर्न एकदमै चुनौतीपुर्ण रहेको छ । विद्यालय संचालन गर्दा समय ध्यान नपुर्याई अगाडी बढ्न सकिएन भने व्यवसाय विग्रिन सक्छ ।त्यसैले हामीले यस विद्यालयलाई अझै व्यबस्थित र गुणस्तरीय शिक्षा दिनका लागि बिभिन्न योजनाहरु बनाएर अगााडी बढेका छौ । जस मध्ये कक्षा ११ ÷१२ संचालन गर्नु एउटा योजना लागू गरि सकेका छौ । आउँदो शैक्षिक सत्रमा हामीले सिमित मात्रामा विद्यार्थी भर्ना गर्ने छौ र विशेषत गुणस्तरीय शिक्षामा ध्यान दिंदै दिर्घकालिन सोचका साथ अघि बढ्ने छौ ।
न्यु भिजन स्कुललाई राम्रो बनाउन भावि योजना कस्तो रहेको छ ?
सबभन्दा पहिला त हामी समय अनुसार चल्न सक्नु पर्छ । हालको समयमा टेक्नोलोजी धेरै अगाडी बढी सकेको छ । जस अनुसार हामीले टेक्नोलोजीलाई युटिलाइज गर्दै हामी अगाडी बढिरहेका छौ । जस मध्ये हामीले कक्षाकोठमा मल्टिमिडिया स्मार्ट टिभि जडान गर्दैछौ । नर्सरी, एलकेजी र युकेजीमा जडान भैसकेको छ भने कक्षा ९,१०, ११ र १२ मा जडान गर्ने तयारी पुरा भैसकेको छ । आउँदो प्रत्येक बर्षमा विस्तारै सबै कक्षामा जडान गर्ने योजना बनाएका छौ । त्यसै गरी कक्षा ११ र १२ मा हामीले विज्ञान संकाय लगायत विभिन्न विषयहरुलाई थप्ने सोच बनाएका छौ । कक्षा ११र १२ को नयाँ सेलेभस आएको छ त्यहीलाई लिएर हामी अगााडी बढ्छौ । हाम्रो विद्यालयलाई यस क्षेत्रको नमुना विद्यालयको रुपमा विकास गर्नका लागि प्रतिबद्धताका साथ अगाडी बढेका छौ ।
यस स्कुलप्रति अभिभावकको कस्तो प्रतिक्रिया रहेको छ ?
हामीले संचालन गरेको भन्दा विभिन्न तौर तरिका परिवर्तन गर्नुका साथै स्कूललाई व्यवस्थित र टेक्नोलोजीमा परिवर्तन गरेका छौं। जस कारणले अभिभावकले राम्रो प्रतिक्रिया दिनु भएको छ । उहाँहरुले भन्ने गर्नु हुन्छ ‘अब त न्यु भिजनले पनि मुहार फेरेको छ ।’ स्कुलका हरेक गतिविधिहरु हामी सामाजिक संजाल स्कुलको पेजबाट अभिभावकलाई जानकारी दिने गरेका छौँ ।
त्यसैक्रममा स्कुलका एकेडेमी डाइरेक्टर तथा फाइनान्स डाइरेक्टर टंक बहादुर थापासंग गरिएको कुराकानी :

न्यु भिजन एकेडेमी स्कुल र अभिभावकबिच विद्यार्थीहरुको बारे तुरुन्तै जनाकारी दिन के–कस्ता प्रविधि तथा उपायहरु अपनाउनु भएको छ ?
हामीले शैक्षिक सत्र २०७६ बाट स्कुलको एप बनाएका छौँ । जसको माध्यमबाट हामीले प्रत्येक विद्यार्थीको छुट्टाछुट्टै अकाउन्ट बनाएका छौ जस मार्फत अभिभावकले आफ्नो बच्चाको स्कुलमा भएको गतिविधिबारे सजिलै जानकारी प्राप्त गर्न सक्नु हुन्छ । यदि अभिभावकले प्रिन्सिपलसंग भेट गर्ने चाहना भएमा हामीले त्यो पनि तुरुन्तै व्यवस्था मिलाएका छौँ ।
स्कुलमा कतिपय अभिभावकहरु फि बुझाउन कहिलेकाहीँ आउन सक्नु हुन्न र आजभोलि घरमै बसेर कतिपय आर्थिक कारोबार गर्न सकिन्छ ,त्यसमा स्कुलको के–कस्तो व्यावस्था रहेको छ ?
हामी त्यसको लागि इ–सेवा उपलब्ध गराएका छौँ तर त्यो सेवा कतिपय अभिभावकले प्रयोग गर्न सकिराख्नु भएको छैन। हाल सम्म यो सेवा प्रयोग गर्ने पाँच प्रतिशत अभिभावक मात्र हुुनुहुन्छ । मलाई लाग्छ हाम्रो नै कमि कमजोरी हो किनकी यसबारे हामीले अभिभावकलाई जनकारी गराउन सकिरहेका छैनौ । त्यही पनि यस बारे हामीले प्रत्येक अभिभावकसंगको बैंठकमा बताउने गरेका छौँ र आशा छ विस्तारै यो सेवा पनि अभिभावकज्युहरुले प्रयोग गर्नु हुनेछ ।
अध्ययन बाहेक कुन अतिरिक्त क्रियाकलापमा विद्यार्थीको बढी सहभागिता रहेको छ ?
हाम्रो स्कुलमा कराँते, भलिबल,बासकेटबल, फुटबल,नृत्य लगायत विभिन्न अतिरिक्त क्रियाकलाप रहेका छन् । जस मध्ये लेडिजको बासकेटबलमा निरन्तर भैरहेको चार वर्ष सम्म फिजम (फोरम अफ एन्टीट्युसन अफ म्यानेजमेन्ट)ले आयोजना गरेको प्रतियोगितामा प्रथम नै भैरहेको छ ।
अबको नयाँ शैक्षिक शस्त्र २०७७ मा स्कुललाई अझ अब्बल बनाउन के–कस्ता योजना बनाउनु भएको छ ?
अबको वर्षमा हामीले विद्यार्थी शिक्षालाई बढि फोकस गर्छौ । उनीहरुलाई हामीले अन्तराष्ट्रिय स्तरको शिक्षालाई कसरी विकास गर्न सक्छौँ त्यस तर्फ बढि फोकस गर्ने योजना रहेको छ ।तर विद्यार्थीको क्षमतालाई हेरेर कुन तरिकाबाट अन्तराष्ट्रिय स्तर सम्म पुरयाउन सकिन्छ त्यसैमा फोकस गर्ने छौँ । जस मध्ये हामीले कल्चरल एक्सजेन्स गर्ने योजनामा बङ्गलादेश र भारतका लागि हामीले समन्वय गरिरहेका छौँ ।




प्रतिकृया