• २१ भदौ २०८३, आइतबार
  • १२ः१९ दिउँसो

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भक्तपुर नगरपालिकाले सिद्धपोखरीमा गर्यो डुंगा सञ्चालन

प्रकाशित मिति

२०७६ पुष १७ गते, बिहीबार ०६:४८

भक्तपुर, नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भक्तपुर नगरपालिकाले दुधपाटीस्थित प्रसिद्ध सिद्धपोखरी र नःपुखुमा नौका बिहार डुंगा सञ्चालनमा ल्याएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नौका बिहार गर्दै सिद्धपोखरी र नःपुखुमा नौका बिहार शुरु गर्नु भएको हो।सो अवसरमा उहाले सिद्धपोखरी पुनःनिर्माण र जीर्णोद्वारको स्मरण गर्दै पोखरीलाई नयाँ जीवन दिन स्थानीय जनताको पनि ठूलो सहयोग प्राप्त भएको बताउनु भयो। उहाले भ्रमण वर्षको अवसर पारेर शुरु गरेको नौका बिहार सञ्चालनलाई व्यवस्थित बनाउन कार्यविधि नै बनाएर अगाडि बढ्ने जानकारी दिनु भयो।

National Life

सिद्धपोखरीमा यसअघि पनि नौका बिहार सञ्चालन गरिएको इतिहास रहेको छ। भक्तपुरका पोखरीहरूको संरक्षण गरी जीवनता प्रदान गर्ने पोखरीको चारै दिशामा हरियाली प्रवद्र्धन र सरसफाइ व्यवस्थापन गर्ने नगरपालिकाको योजना रहेको बताएको छ।यसैगरी नेपाल भ्रमण वर्षको पहिलो दिन भक्तपुर नगरप्रवेश गरेका विदेशी पर्यटकहरूलाई भक्तपुर नगरपालिकाले स्थानीय पहिचान बोकेको कालो भादगाउँले टोपी लगाई दिएर स्वागत गरेको छ। दरबार क्षेत्रको मूलढोकामा नगर प्रवेश गर्ने पर्यटकहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फूलको गुच्छा, भादगाउँले कालो टोपी, भक्तपुर नगरपालिकाको प्रकाशन, विभिन्न उपहार र निःशुल्क नगर प्रवेश पास वितरण गरी स्वागत गर्नु भएको थियो।

सो अवसरमा ३२९ वर्ष पुरानो ऐतिहासिक नगरा र लयाकुस्थित ठूलो घण्टा पनि बजाइएको थियो। पहिलो नगर प्रवेश गर्ने जर्मनी नागरिक भेरेना वास्टिकले भक्तपुर नपाले गरेको न्यानो स्वागतप्रति अभार प्रकट गर्नु भएको थियो।यसअघि नेपाल भ्रमण वर्ष र नयाँ वर्ष २०२० को शुभारम्भ तथा स्वागतमा दत्तात्रयबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। बाँसुरी बाजा र लाखे प्याखंसहित शुरु भएको प्रभातफेरी ईनाच,गोल्मढी,सुकुलढोका,टौमढी,नासमना,बंशगोपाल,भार्वाचो,नःपुखु,ईताछें,खौमा हुँदै दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो।

Classic Tech Desktop

प्रतिकृया