• १ असोज २०८३, बिहीबार
  • १०ः१० बिहान

अन्तराष्ट्रिय मल्टिकल्चरल अवार्ड– २०१९ विनायकलाई

प्रकाशित मिति

२०७६ पुष १५ गते, मंगलवार ०५:०४

भक्तपुर, मध्यपुर ठिमी स्थित विनायक शिक्षा निकेतन ईङ्लीस स्कुलकी छात्रा सबिरा शंंखदेवले रोटरी इन्टरनेशनलको भगिनी संस्था इन्ट्रयाक्ट क्लवको Act Asia-2019 Asian Rotary Youth Conference मा विभिन्न देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै उहाँले अन्तराष्ट्रिय मल्टिकल्चरल अवार्ड– २०१९ प्राप्त गर्नु भएको छ ।

National Life

भुटानको राजधानी थिम्पुमा आयोजना गरिएको Act Asia Asian Youth Conference-2019 मा ५ देशका सहभागिहरुलाई पछाडि पार्दै उहाँले मल्टिकल्चरल अवार्ड प्राप्त गर्न सफल हुनुभएको हो ।

विनायक इन्ट्रयाक्ट क्लवकी सदस्य सबिरा नेपालको इन्ट्रयाक्टरहरुको अन्तराष्ट्रिय सम्मेलनमा विद्यालयका प्रिन्सिपल एवं रोटरी क्लव अफ मध्यपुरका चार्टर प्रेसिडेन्ट सुरेन्द्र विक्रम प्रजापतिको नेतृत्वमा अन्य १०४ जना विद्यार्थीहरु तथा रोटरीयन साथमा भुटान जानुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अवार्डका साथै विनायक शिक्षा निकेतनले गत मंसिर १०–१५ सम्म भारतको लखनउमा आयोजित विद्यार्थी गुणिय चक्रको अन्तराष्ट्रिय सम्मेलनमा पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड प्राप्त गरेको थियो ।

Act – Asia Conference-2019 भुटानमा दोस्रो अन्तराष्ट्रिय अवार्ड “मल्टिकल्चरल अवार्ड” प्राप्त भएको हो । त्यतिमात्र नभएर यही माघ १ गते पोखरामा आयोजना हुन गइरहेको स्क्रायावल च्याम्पियनसिपमा विद्यालयका मेधावी छात्र जलज प्रजापति अन्तराष्ट्रिय च्याम्पियनसिपका लागि राष्ट्रिय च्याम्पियनकोे प्रतिस्पर्धामा सहभागी हुनुहुने छ ।

 

प्रतिकृया