• १ असोज २०८३, बिहीबार
  • १२ः१५ दिउँसो

रेडक्रसद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित मिति

२०७६ पुष १५ गते, मंगलवार ०५:०८

भक्तपुर, नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको आयोजनामा १ दिने निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  वी.पी नेत्र आँखा प्रतिष्ठान बाल आँखा, नाक, कान घाटी अस्पताल एवं पुनस्थापना सेवा मनोहरा, भक्तपुरको प्राविधिक सहयोगमा झौखेलमा १ दिने नाक, कान, घाटी र आँखा शिविर सम्पन्न भएका हो ।

National Life

नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको भवनमा संचालित शिविरमा ३८ महिला र ५७ पुरुष गरी १०५ जनाको आँखा, नाक, कान घाटी परिक्षण गरिएको थियो । शिविरमा परिक्षण गर्न आएका मध्येबाट ६ जना विरामीलाई थप उपचारको लागि वी.पी नेत्र प्रतिष्ठानमा रिफर गरिएको कुरा नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाका सभापति धर्मेन्द्र थापाले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको समन्वयमा जिल्ला शाखा अन्तर्गतका २१ वटै उपशाखामा यस प्रकारका स्वास्थ्य शिविर संचालन गरिने कुरा जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।

प्रतिकृया