• २१ भदौ २०८३, आइतबार
  • १२ः३७ दिउँसो

ए डिभिजन लिग अन्तर्गत दुई खेल हुुँदै

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार ०९:४३

काठमाडौँ, बिहीबार शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत पनि दुईवटा खेल हुुँदैछ । तेस्रो चरण अन्तर्गत पहिलो खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

National Life

बिग्रेड पहिलो खेलमा मच्छिन्द्र क्लबसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा फ्रेण्डसमाथि २–० को जित दर्ता गर्दै तीन अंक जोडेको थियो । मनाङ गएको सिजनको लिग विजेता हो । मनाङले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा त्रिभूवन आर्मी क्लबलाई १–० ले पराजत गरेको थियो ।

आज हुने अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेपछि दशरथ रंगशालामा हुनेछ ।
पहिलो खेलमा च्यासल युथ क्लबसँग २–० ले पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीमाथि १–० को जित दर्ता गरेको थियो ।

Classic Tech Desktop

जावलाखेलले पहिलो खेलमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा सरस्वती युवा क्लबमाथि १–० को जित निकालेको थियो ।

प्रतिकृया