• २१ भदौ २०८३, आइतबार
  • ११ः१९ बिहान

बिदा हुँदै मन्त्री राईले भने, ‘मलाई सफल बनाउन कार्यालय सहयोगीको समेत महत्वपुर्ण भूमिका छ’

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार ०९:३१

निर्वतमान शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले आफ्नो कार्यकालमा कर्मचारीको उत्कृष्ट समन्वय र सहयोग प्राप्त भएको बताउनु भएको छ । सिहदरवार स्थित शहरी विकास मन्त्रालयमा बुधवार आयोजित बिदाई समारोहमा मन्त्री राईले सवै कर्मचारी र सरोकारवाला निकायको समन्वय र सहकार्यले बिकासे मन्त्रालयमा शहरी बिकास मन्त्रालयले प्रभावकारी कार्य सम्पादन गर्न सकेको उल्लेख गर्नुभयो ।

National Life

राईको नेतृत्वमा मन्त्रालयले पछिल्लो एक बर्षमा आफ्नो जिम्मेवारी अन्र्तगत ६० प्रतिशत उपलव्धी हासिल गरेको छ । उहाँले आफ्नो कार्यकालमा कार्यसम्पदान राम्रो हुनुमा कार्यालय सहयोगीको समेत महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । राईले मन्त्रालयको १९ महिना लामो कार्यकालमा साथ र सहयोग गर्ने सम्पुर्ण कर्मचारी, सरोकारवाला निकाय, संचार जगत लगायतलाई धन्यवाद दिनुभयो ।

अहिलेसम्म राजीनामा दिएर जाने मन्त्रीहरुलाई सम्मान गरि बिदाई गर्ने प्रचलन कम रहेको भन्दै मन्त्रालयमा कर्मचारीको सम्मान र माया पाउँदा आफैलाई भाग्यमानी महसुस भएको उल्लेख गर्नुभयो ।  राईले भन्नुभयो , ‘तपाईहरुको यो सम्मान र मायाले निकै भाबुक बनायो, पार्टी राजनीतिमा सरकारमा बस्ने र छा्ड्ने कुरा सामान्य हो, त्यसैले प्रतिनिधी सभा सदस्य र नागरिकको हैसियतबाट मन्त्रालयमा आफुले कुनै सहयोग गर्ने अवस्था आए सधै तयार रहने छु।’

Classic Tech Desktop

राईले प्रधानमन्त्रीबाट आफ्नो कार्यसम्पादनको प्रशंसा भएको भन्दै यसमा आफ्नो व्यक्तिगत भन्दा पनि कर्मचारी साथीहरुको सहयोग र सहकार्य मुख्यकारण रहेको बताउनुभयो । फरक परिवेश श्रृजना भएर आफुहरु सरकारबाट बाहिरिए पनि सदैब मुलुकको हित र सम्बृद्धिका लागि आफुले कामगर्ने राईले प्रतिबद्धता जनाउनुभयो । निर्वतमान मन्त्री राईले आगामी दिनमा अझै प्रभावकारी रुपमा राज्यमन्त्री र सचिवज्यूबाट मन्त्रालयको काम कारवाही अघि बढ्नेमा बिश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया