• २८ भदौ २०८३, आइतबार
  • ६ः१४ बिहान

एसईको परीक्षा तालिका सार्वजनिक, चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार ०९:३०

भक्तपुर, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

National Life

एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।
बोर्डले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अर्थात चैत ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ ।

यसैगरी चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक प्रथमपत्रका बिषय र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएका समेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया