ग्ल्याडस्टोन धमम्पुस र पोखरा भ्रमणमा
प्रकाशित मिति
२०७६ मंसिर २६ गते, बिहीबार ०९:४५
भक्तपुर, मध्यपुर थिमी मिलरोड ८ स्थित ग्ल्याडस्टोन एकेडेमीले कक्षा ९ मा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई प्राकृति सुन्दर नगरी पोखरा तथा धम्पुसको शैक्षिक भ्रमण गराएको छ ।
सीमित वातावरणमा रहि पाठ्यपुस्तक अध्ययनबाट प्राप्त ज्ञानभन्दा खुला र प्रत्यक्ष अवलोकनबाट प्राप्त ज्ञान सर्वोच्च हुने कुरालाई मनन गर्दै प्रत्येक वर्ष हिउँद महिनामा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक भ्रमणका लागि देशका महत्त्वपूर्ण धार्मिक, प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक स्थलमा लगिने गरिएको छ । यसै कार्यलाई निरन्तरता दिदै गत मंसिर २० गते शुक्रबारदेखि मंसिर २२ गते आइतबारसम्म ग्ल्याडस्टोन एकेडेमी कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु र शिक्षक धम्पुस र पोखराको शैक्षिक भ्रमणमा गरेका हुन् ।

सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर मात्र सिकिन्छ भन्ने धारणा अनुकुल गरिने शैक्षिक भ्रमण पनि एउटा सिक्ने प्रक्रिया हो। जानेर हामीले कुनै कुरा सुन्दछौँ भने त्यस विषयमा जानकारी पाउँछौं । यदि त्यही बस्तुलाई आँखाले देख्छौं भने विश्वास गर्द छौं। यदि यी सुनेका र देखेका कुरालाई आफ्नै हातले गर्यौं भने मात्र सीप सिकिन्छ जान्नको लागि जबसम्म सुनेका र देखेका कुरालाई आफ्नै हातले गरिदैन तवसम्म व्यबहारमा उतार्न सकिदैन । त्यसो हुँदा शैक्षिक भ्रमणमा भए गरेका कामहरूलाई निश्चित उद्देश्य हाँसिल गर्नको लागि सम्बन्धित निकायमा सहभागीहरुलाई देखेको कुरा आफ्नो क्षेत्रमा व्यबहारमा उतार्न सकून् भन्ने उद्देश्य अनुरुप गराइने भ्रमण हो।
यो एउटा खास विषयमा भ्रमण गराइन्छ भन्ने छैन यो जुन विषयसङ्ग पनि सम्बन्धित हुन सक्छ ।यसै सिलसिलामा देशको ऐतिहासिक प्राकृतिक तथा साँस्कृतिक महत्त्वलाई उजागर गर्न र राष्ट्रिय स्वाभिमान व्यक्तिगत स्वार्थभन्दा माथि हुन्छ,देशको गरिमालाई सँधै उच्च राख्नु पर्छ भन्ने ज्ञान बोध गराउने उद्देश्य सहित प्रकृतिकि सुन्दर खानी पोखरा तथा धम्पुस अष्ट्रेलियन बेस क्याम्पको भ्रमण गराइएको हो। यस क्रममा विद्यार्थीहरुलाई शान्ति स्तुपा,महेन्द्र गुफा,चमेरे गुफा, पाताले छाङो,माउन्टेन म्युजियम, विन्दवासिनी मन्दिर, फेवाताल लगायतका विभिन्न स्थलको प्रत्यक्ष अवलोकन भ्रमण गरेका थिए ।






प्रतिकृया