विनायकले प्राप्त गर्यो पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड
प्रकाशित मिति
२०७६ मंसिर १८ गते, बुधबार ०४:४६
विनायकले प्राप्त गर्यो पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड
भक्तपुर, शिक्षा, साँस्कृतिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा अब्बल रहेको मध्यपुर थिमिमा अवस्थित बिनायक शिक्षा निकेतन ई.से.स्कुलले पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड प्राप्त गरेको छ ।
स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मका विभिन्न प्रतियोगिताहरुमा राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल बिनायक शिक्षा निकेतनले यही मंसिर ११ गते देखि १४ गतेसम्म भारतको लखनउको सिटी मन्टेश्वरी स्कुलमा आयोजित विद्यार्थीहरुको अन्तराष्ट्रिय गुणीय चक्र (क्ष्ऋक्त्तऋ) कार्यक्रम अन्तर्गत २२ औं क्ष्लतभचलबतष्यलब िक्तगमभलतक त्तगबष्तिथ ऋष्चअभि को अन्तराष्ट्रिय सम्मेलनमा थाइल्याण्ड, भारत, श्रीलङ्का, बङ्गलादेश, मोरिसस लगायत अन्य देशका विद्यार्थीहरुलाई पछाडि पार्दै अन्तराष्ट्रिय जुरान अवार्ड (व्ग्च्ब्ल् ब्ध्ब्च्म्) प्राप्त गर्न सफल भएका हुन् ।
कार्यक्रममा सहभागी सातजना विद्यार्थीहरुले निस्क्रिय विद्यार्र्थी (एबककष्खभ क्तगमभलतक) शीर्षकमा ऋबकभ क्तगमथ एचभकभलतबतष्यल गर्दै अन्तराष्ट्रिय निर्णायकहरु र अन्य प्रतियोगीहरुलाई मन्त्रमुग्ध बनाएका थिए । सो कार्यक्रमको नेतृत्व विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले गर्नुभएको थियो । साथै सोही क्रममा विद्यार्थीहरुले नाटक, ब्चत ७ एबष्लतष्लन, साँस्कृतिक कार्यक्रम र वादविवादमा सक्रिय सहभागिता जनाउदै राष्ट्रकै छविलाई उच्च राख्ने काम गरेका थिए ।






प्रतिकृया