नेपाली महिला भलिबल टिमले जित्यो रजत पदक
प्रकाशित मिति
२०७६ मंसिर १८ गते, बुधबार ०४:५७
नेपाली महिला भलिबल टिमले जित्यो रजत पदक
नेपाली महिला भलिबल टिमले जित्यो रजत पदक
काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले रजत पदक जितेको छ । स्वर्णको लागि मंगलबार भएको फाइनलमा भारतसँग ३र२ को सेटमा पराजित हुँदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो ।
नेपालको लागि रजत पदक पनि ऐतिहासिक हो । नेपालले पहिलो पटक सागमा रजत जितेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको रोमान्चक खेलमा पहिलो सेट भारतले २५–१७ ले जितेको थियो । तर, दोस्रो र तेस्रो सेट नेपालले २५–२३ र २५–२१ ले जित्दै स्वर्णको आशा जिवित बनाएको थियो ।
चौंथो तथा अन्तिम सेट भारतले २५–२० ले जित्दै खेल २र२ सेटको बराबरीमा ल्याए । त्यसपछि खेलको अन्तिम सेट १५–६ ले गुमाउदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भयो । महिला भलिबलमा श्रीलंकाले कास्य जित्यो ।






प्रतिकृया