• १ असोज २०८३, बिहीबार
  • १ः०८ राती

चार राष्ट्रका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रकाशित मिति

२०७६ मंसिर १९ गते, बिहीबार ०९:२५

चार राष्ट्रका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत निकोला क्थारिन पोलिट्टीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा विहीबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

National Life

सोही समारोहमा नेपालका लागि गणतन्त्र लेबनान, इस्टोनिया र इराकका गैरआवासीय राजदूतत्रय राबी नार्स, क्रिष्टिन किभी र डा फलाह अब्दुलहसन अब्दुलसदाले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्रसचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया