• १ असोज २०८३, बिहीबार
  • ८ः०६ बिहान

विद्यालयको पर्खाल भत्किदा एक छात्राको मृत्यु

प्रकाशित मिति

२०७६ आश्विन ३० गते, बिहीबार ०४:५५

धनुषा, धनुषाको जनकनन्दी गाउँपालिकामा विद्यालयको पर्खाल भत्किदा एक छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राजकुमार सादाकी ७ वर्षीय छोरी ससना सादा रहेकी छन् । बिहीबार जनकनन्दी गाउँपालिकाको वडा नंं ४ खजुरीस्थित श्री केएसएचबि उच्च माध्यमिक विद्यालयको पर्खाल भत्किदा छात्राको मृत्यु भएको हो ।

National Life

ईलाका प्रहरी कार्यालय खजुरीको अनुसार पढ्दै गर्दा पर्खाल ढल्दा त्यसमा च्यापिएर अचेत भएकी छात्रा संसनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । सो घटनामा विद्यार्थी मोहम्मद समीर साफी गम्भिर घाइते भएको जनाएको छ ।

प्रतिकृया