• १९ भदौ २०८३, शुक्रबार
  • ५ः२५ बिहान

शिक्षक सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७६ आश्विन ११ गते, शनिबार ०१:१०

भक्तपर, सूर्यविनायक नगरपालिका स्थित सुर्याविनायक रिसोर्टमा शिक्षक सम्मान कार्यक्रम शनिबार सम्पन्न भयो। अन्तरराष्ट्रिय शिक्षक दिवसको अवसरमा शिक्षक सम्मान तथा ‘शिक्षकको पेशागत दायित्व तथा भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रम रहेको थियो।

७ वटा विद्यालय आबद्ध रहेको संस्थान  WE CAN: NEPAL द्धारा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा शिक्षण पेशामा आवद्ध भएर समृद्ध समाज निर्माणका लागि योगदान गरिरहेका शिक्षकहरुलाई सम्मान गरिएको हो।

Kamana Sewa

Classic Tech Desktop

सम्मानित हुने शिक्षक हरुमा रोम्बस नेशनल स्कूलका शिक्षक रोशनी सुवाल कोजु, नियोलोजिन एकेडेमीका सिर्जना लिम्बू इजम, सिद्धिदास सेकेन्डरी स्कुल का करुणा सुवाल, क्रियटिभ इंग्लिश स्कूलका सुमन नेपाली, सिरिनकेन इंग्लिश स्कूलका रश्मिला दथेपुथे , रोसम इंग्लिश बोर्डिङ्ग स्कूलका आशा तामाङ र रोम्बस सेकेन्डरी स्कूलका करुणा तिमिल्सिना रहेका छन्।

सम्मानित शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका खेमनाथ पोखरेल तथा शैक्षिक अभियन्ता एबम् गुम्बा स्कूलका प्रिन्सिपल झबिन्द्र सुवेदीले सम्मान पत्र र खादाले सम्मान गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अथिति शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका खेमनाथ पोखरेलले शिक्षक पेशा एक सम्मानित पेशा भएको र यस पेशालाई मर्यादित र सम्मानित बनाउनु पर्ने बताउनु भयो। त्यसै गरि नेशनल प्याब्सनका केन्द्रीय सदस्य एबम् रोम्बस नेशनल कलेज का प्रिन्सिपल डा राजेन्द्र कोजूले आफ्नो घरायसी कामको बाबजुत पनि विद्यालयमा निरन्तर लागि पर्ने शिक्षकको विद्यालय प्रतिको लगाव र धैर्यताको सम्मान गर्न आवस्यक भएको जानकारी दिनुभयो ।

सम्मानको अवसरमा शैक्षिक अभियन्ता एबम् प्रिन्सिपल झबिन्द्र सुवेदीले शिक्षकको पेशागत दायित्व तथा भूमिकाू विषयमा प्रशिक्षण दिनुभएको थियो।कार्यक्रममा सम्मानित शिक्षकहरू मध्य सिद्धिदास सेकेन्डरी स्कूलका शिक्षक करुणा सुवाल ले शिक्षण पेशामा इमान्दार पूर्वक लाग्न जरुरी भएको बताउनु भयो।

कार्यक्रममा शिक्षण पेशामा बढेको चुनौतीको बारेमा चर्चा गर्दै क्रिएटिभ इंग्लिश स्कूलका प्रिन्सिपल विश्वराम दुवालले स्वागत मन्तव्य र सिद्धिदास सेकेन्डरी स्कूलका प्रिन्सिपल लोकेन्द्र अर्यालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो। र WE CAN: NEPAL संयोजक एबम् नियोलोजीन एकेडेमीका प्रिन्सिपल रत्न बहादुर राईले कार्यक्रमको समापन गर्नुभएको थियो।

प्रतिकृया