• २० भदौ २०८३, शनिबार
  • ९ः४५ बिहान

बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाइते

प्रकाशित मिति

२०७६ आश्विन ११ गते, शनिबार ०१:१६

बैतडी, बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए । महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं को बस बैतडीको पाटन९मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

National Life

गम्भीर घाइते हुनेहरुमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् । यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साँउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान गम्भीर घाइते भएको प्रहरी नायब निरीक्षक खडायतले बताए ।गम्भीर घाइते भएका सातै जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटरमात्रै तल खसेको छ । बसका चालक फरार छन् ।

प्रतिकृया