• ५ साउन २०८३, मंगलबार
  • ४:३१ बेलुका

नेपाल मानव धर्म सेवा समितिको देशव्यपि वृहत रक्तदानमा १,१७४ जनाद्धारा रक्तदान

प्रकाशित मिति

२०७६ आश्विन ५ गते, आईतवार ०५:०२

नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा देशभरीबाट ११ सय ७४ जनाले रक्तदान गरेका छन् । समितिका प्रणेता सतपालजी महाराजको पावन जन्मोत्सव मनाउने क्रममा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा महात्मा चमेली वाईजीले सबैजनालाई गायत्री मन्त्रको बारेमा थाहाँ भएको तर व्यवहारमा कसैले पनि उर्तान नसकेकोले मन्त्रले दिएको ज्ञानलाई व्यवहारमा उर्तान प्रेरणा दिनुभयो । त्यस्तै शास्त्रले दिएको ज्ञानलाई सबैले सहि उपयोग गरि हृदयमा भएको कालो बादल हटाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘यस्तो ज्ञान सद्गुरुले मात्र दिन सक्ने भएकाले सबैले आफ्नो जीवनमा सद्गुरुको खोजी गर्नुपर्छ ।’

Kamana Sewa

जन्मोत्सव कार्यक्रममा समाजसेवी अनुराधा कोइरालाले जन्मिएपछि मर्र्नैपर्ने मानिस जीवनलाई सकारात्मक काममा लगाउन सकेमात्र आफूलाई सबैले सम्झिने र जीवन पनि सफल हुने बताउनुभयो । त्यस्तै काठमाण्डौ वडा नं ९ का सदस्य श्रीराम राईले धर्मले हामीलाई जीवन जिउने कला सिकाउनुको साथै सकारात्मक सोचको विकास गर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘धर्म भनेको बुढेसकालको साथी हो सोच नै गलत छ । सानै देखि यसको बारेमा सबैले थाहाँ पाए मात्र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।’

Classic Tech Desktop

त्यस्तै कार्यक्रममा बोल्दै समाजसेवी कल्याण तिमलसिनाले धर्मको रक्षा गर्न सके मात्र धर्मले हाम्रो रक्षा गर्नेमा जोड दिनुभयो ।जन्मोत्सवकै अवसर पारेर समितिले विहान कार तथा मोटरसाइकल ¥यालीको पनि आयोजना गरेको थियो ।

प्रतिकृया