• २८ भदौ २०८३, आइतबार
  • ४ः०० बिहान

छात्रबृति कोष खडा गर्नेलाई सम्मान, बरिष्ठ पत्रकार भैरव रिसाल सम्मानित

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ०९:१७

भक्तपुर, अरनिको माध्यमिक विद्यालय दधिकोटले बरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ । छात्रबृति कोष स्थापना गरेर गरिब र जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिएको भन्दै विद्यालयले रिसाल र व्यवस्थापन समितिका पूर्व अध्यक्ष जगतबहादुर खड्कालाई सम्मान गरेको हो ।

National Life

सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापाले कक्षा ११ का विद्यार्थी स्वागत र पुरस्कार वितरण कार्यक्रममा दुबैजनालाई प्रमाणपत्र दिएर सम्मान गर्नुभयो । विद्यालयका प्रधानाध्यापक लेखनाथ रिमालका अनुसार रिसालले शुसिला भैरव छात्रबृति कोषमा तीन लाख र खड्काले सानु –जगत छात्रबृति कोषमा एक लाख ५० हजार रुपैयाँ राख्नुभएको छ । छात्रबृति कोषको ब्याजले हरेक वर्ष विद्यार्थीलाई छात्रबृति दिने गरेका छन् ।

विद्यालयका सहायक प्राचार्य दिपक चपाईंका अनुसार यसपाली सुशिला भैरब छात्रबृति १० जनालाई र सानु जगत छात्रबृति ४ जनालाई प्रदान गरिएको छ । विद्यालयले कक्षा ११ र १२ मा नियमित कक्षामा आउने, हाजिरि जवाफ प्रतियोगिता, वक्तित्वकलामा उत्कृष्ठ विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा मेयर थापाले अरनिको माध्यमिक विद्यालय नगरकै उत्कृष्ठ शिक्षा दिन सफल भएको बताउनुभयो । व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का , भैरव रिसालले यो विद्यालयमा स्नातक तहको पढाउने व्यवस्था गर्न नगरपालिका र विद्यालयलाई आग्रह गर्नुभयो । उच्च शिक्षा अध्ययन गराउन धरौटी बापतको आठ लाख रुपैयाँ रकम समेत जुटाइसकेको छ । त्रिभुवन विश्वविद्यायलले सम्बन्धनमा कडाई गरेपछि प्रक्रिया रोकिएको थियो ।

सूर्य बिनायक नगरपालिकाका शिक्षा समिति संयोजक किरण थापाले नगरको सामुदायिक विद्यालयलाई नीजि विद्यालयसंग प्रतिष्पर्धी बनाउन लागि परेको बताए । ‘निजी छाडेर आउने विद्यार्थी पनि बढेका छन,’उनले भने,‘यसले पनि सामुदायक विद्यालय अब्बल हुदै गएको छ । जबसम्म सार्वजिनक शिक्षाा सुधार हुदैन तबसम्म नगरको विकास भएको नमानिने निष्कर्ष हामी निकालेका छौ ।’ गुणस्तर सुधार गर्न नगरपालिकाले विद्यालयलाई आवश्यक लगानी गर्न तयार रहेकोे थापाले बताए । ‘यो विद्यायलले नगरकै इज्जत राखेको छ ।

प्रतिकृया