• २७ भदौ २०८३, शनिबार
  • १२ः४२ राती

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन असोज ३ गतेदेखि

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ०९:०५

भक्तपुर, नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन असोज ३ गतेदेखि ५ गते सम्म भक्तपुरमा हुने भएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छे रोहितले असोज ३ गते दिउँसो भक्तपुरको सल्लाघारीमा उक्त महाधिवेशन उद्घाटन गर्ने पार्टीले जनाएको छ ।

National Life

उद्घाटनको दिन बिहान १० बजे कोटेश्वरबाट एउटा जुलुश र भक्तपुरको च्यामासिंहबाट अर्को जुलुश सल्लाघारी पुग्ने कार्यक्रम रहेको नेमकिपाको महाधिवेशन तयारी समितिले जनाएको छ । पार्टी सचिव प्रेम सुवालले एक वक्तव्य जारी गरी पार्टीले महाधिवेशनलाई समाजवादी प्रचार अभियान र राजनीतिक कक्षाको रुपमा अघि बढाउने उल्लेख गर्नुभएको छ । स्थापनाकालदेखि नै देशको सार्वभौमिकता र कामदार जनताको पक्षमा निरन्तर संघर्ष आएको सो पार्टीले जनाएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति जटिल रहेको अवस्थामा महाधिवेशन हुन लागेको बताउँदै पार्टी सचिब सुवालले वर्तमान सरकारले मूल्यवृद्धि र भ्रष्टाचार रोक्न नसेकेको वक्तव्यमा उल्लेख गर्नुभएको छ । बक्तब्यमा भनिएको छ, ‘नेपालको तराई डुबान हुने गरी भारतीय विस्तारवादद्वारा सिमानाको दशगजामै निर्मित बाँध र तटबन्ध हटाउन समेत सरकारले सकेन ।’

Classic Tech Mobile
Classic Tech Desktop

नेमकिपा जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने लक्ष्य राखेको कम्युनिष्ट पार्टी हो । यस अघि देशका बिभिन्न भागमा राम्रो संगठन भएको नेमकिपा अहिले भक्तपुर निर्वाचन क्षेत्र नम्बर एकमा मात्र खुम्चिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भए पनि स्थापना कालदेखि नै बिजुक्छे नै निरन्तर पार्टी अध्यक्ष रहँदै आउनुभएको र फेरि पनि उहाँ नै पार्टी अध्यक्ष हुने पार्टी निकट स्रोतले जनाएको छ ।

उहाँको बिकल्पमा पार्टीमा अर्को नेता सर्वमान्य नहुँदा फेरि पनि अध्यक्षमा बिजुक्छेको संभावना बलियो भएको हो ।स्मरण रहोस् पछिल्लो संघीय सभा निर्वाचनमा लामो संसदीय जितलाई बिश्राम दिंदै फेरि पनि जित्ने सुनिश्चित हुदाहुँदै पनि निर्वाचनमा नउठ्ने घोषणा गर्दा त्यागी नेताको रुपमा बिजुक्छेको राष्ट्रिय चर्चा भएको थियो ।

प्रतिकृया