• २८ भदौ २०८३, आइतबार
  • ५ः४७ बिहान

नेपाली सेनाका हरि रिमाल भए ‘टिभिएस’ खुला दौडको विजेता

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ०९:००

काठमाडौं । टिभिएस खुला दौड प्रतियोगिताको उपाधि आर्मीका हरि रिमालले जित्नु भएको छ । आर्मीको बचश्व रहेको दौडमा उपाधि बिजेता रिमालले २६ मिनेट,२९.८१ सेकन्डमा दुरी पार गर्नुभएको थियो भने दोश्रो स्थानमा रहनु भएका दिपक अधिकारीले उक्त दुरी पार गर्न २६ मिनेट ३०.८५ सेकेण्डको समय लगाउनु भएको थियो । तेश्रो स्थानमा रहनु भएकाआर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५.९० सेकेण्डमा दुरी पार गर्नु भएको थियो ।

National Life

स्वस्थ्यका लागि रमाईलो ‘टिभिएस्’ दशैं दौड भन्ने नाराका साथ सुरु भएको दौडमा ५ बर्षका बालक नेबिस रौनियार पनि दौडमा सहभागि रहनु भएको थियो ।आठ किमी खुला दौडमा नक्शालको बाल मन्दिर हुँदै सिटिसेन्टर, कमलपोखरी, पुतलीसडक, भृकुटीमण्डब, थापाथली, त्रिपुरेश्वर, सुनधारा, दरबारमार्ग, नागपोखरी हुदै नक्शालको टिभिएस सोरुममा आएर समाप्त भएको थियो ।

उपाधि बिजेता रिमालले ५० हजार,उपबिजेता अधिकारीले २५ हजार र तेश्रो स्थान हात पार्ने राईले नगद १५ हजार प्राप्त गर्नु भयो । जगदम्बा मोटर प्रालिको ५ औं बर्षगाँठका अवसरमा दौड नेपालको सातै प्रदेशमा आयोजना गरिने प्रालि जनाएको छ । युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उक्त दौड प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया