• २६ भदौ २०८३, शुक्रबार
  • ४ः४८ बेलुका

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रिय बाल दिवसको शुभकामना

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ०९:३१

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय बाल दिवसका अवसरमा देशभित्र रहेका अभिभावकविहीन बालबालिकाको जिम्मेवारी राज्यले लिने बताउनु भएको छ ।

National Life

आज राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बालबालिकामाथि हुने हिंसा सैह्य छैन ।, बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको छ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ दीर्घकालीन राष्ट्रिय अभिष्ट भएकाले यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक निर्माणतर्फ लाग्न सबैमा आग्रह गर्दै आजैदेखि हाम्रा बालबालिकालाई पोषणयुक्त खाना, उचित व्यायाम, स्वस्थ मनोरञ्जन, आवश्यक आरामको अवसर, जीवनपयोगी शिक्षा र सामाजिक सुसंस्कार प्रदान गर्नु हामी सबैको दायित्व हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

‘सरकारले विपन्न परिवारका केही बालबालिकाको शैक्षिक अभिभावकत्वसमेत ग्रहण गरी आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने लक्ष्य निश्चित गरेको छ ।, ‘प्राथमिक तहमा भर्ना भएका जुनसुकै विद्यार्थीले पनि माध्यमिक तहको शिक्षा पूरा गर्ने सुनिश्चितताको लागि लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति लागू गरिएको छ ।’

नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई ०४७ भदौ २९ मा अनुमोदन गरेको थियो ।

प्रतिकृया