ब्रिटिस साम्राज्यवाद नितीको पथमा चीन, बाघको मुखमा को को जादैछन?
प्रकाशित मिति
२०७६ भाद्र २९ गते, आईतवार ०९:४५
चीनको यस्तो project जसले आजको बिश्वमा हलचल लेरआएको छ त्यो के होला ? आज भन्दा सयौ बर्ष अगाडि चीनको सामान युरोपसम्म पुर्याउन एउटा रोडको ब्यबस्था थियो जसलाई “सिल्क रूट”भनिन्थ्यो । जुन रूट भारतको भुमी भएर पनि गएको थियो । यो रोडले युरोप, मिडिल इष्ट इरान इराक सउदि अरेबिया हुदै भारतीय मार्ग भै चीनसम्म ब्यापारीक प्रयोजनका निम्ति बनाईएको रूट नै सिल्क रूट थियो ।
जब जब संसार भर जनसङ्ख्याको बृद्धिसंगै ब्यापारको बृद्धि भयो त्यसपछि समुन्द्रको मार्ग हुदै ब्यापारीक काम गर्ने नयाँ सुरूवात भयो। यो सुरूवातबाट नै चीनले अब आफ्नो ब्यापारीक सम्बन्धलाई अझै बिस्तृत र ब्यापक बनाउने उद्देश्यले त्यही पुरानो silk route लाई नया तरिकाबाट OBOR वा Belt and Road (Silk Road economic Belt or land) र नया तरिकाले 21 century Martini Silk Road वा Belt and Road initiatives भनेर समुन्द्री मार्ग, रोड मार्ग, रेल मार्ग आदि द्वारा सम्पूर्ण बिश्वसंग ब्यापारीक सम्बन्ध स्थापित गर्दै बिश्वको पहिलो आर्थिक रूपले शक्ति शाली राष्ट्र बन्नलाई उसले बनाएको एउटा योजना नै OBOR प्रोजेक्ट हो जसले बिश्वलाई सोच्नु पर्ने स्थितिमा ल्याइएको छ।
चीनको राष्ट्रपति जी जींङ पीङले आफू राष्ट्रपति भएको केही महिना पछि 2013 को September मा यो योजनाको घोषणा गरेका थिए र यो योजनाको संचालनमा चीन दिन रात नभनी लागि परेको छ। यसको मूल उद्देश्य –बिश्वको राष्ट् हरु संग घनिष्ट सम्बन्ध स्थापित गरि ब्यापार बिस्तार गर्नु र ती राष्ट्रसंग समन्वय स्थापितद्वारा बिभिन्न योजनाहरूको बिस्तार गर्दै जानु हो, जसको लागि चीनले Central Asia को भुमि बढि प्रयोग गर्दै भूपरिवेष्टित राज्यको भुमिबाट आफ्नो योजनालाई लाने उद्देश्यले Highway, Railway route, अरूको देशमा बन्दरगाह बनाउदै तेल र ग्यास को समेत पाईपलाईनबाट सहयोगी राष्ट्रहरूको भुमीमा उनीहरूलाई ऋण सहयोग मार्फत पुर्याउने उद्देश्यले यो योजनाको थालनी गरेको छ।
यो योजनाको लागि भएको सम्मेलनमा भारत जापान अष्टेलिया अमेरिका इंग्ल्याण्ड र France बाहेक युरोपेली राष्ट्रहरु र middle East र दक्षिण यसियाका सबै राष्ट्रहरूले भाग लिएका छन् । भुटान सानो राष्ट्र भएर पनि चीनको पछि लागेको छैन। यो योजना मार्फत चीन आर्थिक रुपले बिश्वको शक्तिशाली राष्ट्र मात्र होइन राजनीति रूपमा पनि शक्तिशाली बन्दै बिश्वमै आर्थिक सहयोग मार्फत पहिलाको बृटिस साम्राज्यवादको पुनरावृत्ति गर्न लागि परेको छ, जसलाई बिश्वको ती राष्ट्रहरू जो चीनको आर्थिक सहयोगको षडयन्त्र चक्रमा फस्दै बाधको मुखमा छिर्नु लागि परेका छन् त्यो राष्ट्रहरूको नागरिक नै सचेत हुनुपर्ने अबस्था आइसकेको छ। होसियार ######
( लेखिका पाटन संयुक्त क्याम्पसमा राजनीति शास्त्र अध्यापन गराउनु हुन्छ ।)




प्रतिकृया