• २ असोज २०८३, शुक्रबार
  • ४ः१९ बेलुका

नगरकोटमा २० करोडको लागतमा पर्यटन पूर्वाधार निर्माण अन्र्तगत ५ करोडमा पर्यटक बसपार्कको सांसद महेश बस्नेतद्धारा शिलन्यास

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०४:३९

नगरकोट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पर्यटक बसपार्कको शिलन्यास गदै नगरकोटलाई लोभलाग्दो बनाउने बताउनुभयो । नगरकोटमा २० करोडको लागतमा पर्यटन पूर्वाधार निर्माण अन्र्तगत ५ करोडमा नगरकोट पर्यटक बसपार्क निर्माण हुने गुरुयोजना शनिबार पर्यटक बसपार्कको शिलन्यास गरिएको हो ।

National Life

शिलन्यास कार्यक्रममा सांसद बस्नेतले नगरकोट लगाएत चाँगुनारायण नगरपालिका क्षेत्रमा विभिन्न विकास पूर्वाधारका कार्य सुरुवात भैसकेको र अबको केहि वर्षमा चाँगुनारायण नगरपालिकाले विकाशको मुहार फेर्ने बताउनुभयो ।

यसै क्रममा नगरकोटमा २० करोडको लागतमा पर्यटन उद्यान, पर्यटक शौचालय, बसपार्क तथा उद्यान, जडिबुटी वृक्षारोपन र हरियाली लगाएतका पूर्वाधार निर्माण गरिने चाँगुनारयण नगरपालिकाका प्रमुख सोम मिश्रले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

पर्यटक बसपार्कको शिलन्यासमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, चाँगुनारायण नगरपालिका वडा नं ६ का अध्यक्ष सन्त बहादुर वाइवा, नगरकोट नाल्दुङ पर्यटन विकाष समितिका अध्यक्ष नविन गुरुङ, होम स्टे यसोसियनका तर्फबाट राजकुमार लामिछाने लगायतले नगरकोट पर्यटकिय दृष्टिले विश्व सामु परिचित रहेका कारण यहाँको पर्यटनलाई आकर्षसित गर्ने खालका पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरिन्जवि तिमिल्सिनाले नगरकोट गुरुयोजना डिपिआर अन्तिम चरणमा पुगिसकेकाले डिपिआर निर्माण कार्य सम्पन्न हुने बितिकै नगरकोटको भौतिक निर्माण कार्यको सुरु हुने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित रहनु भएको थियो ।

 

 

प्रतिकृया