• २ असोज २०८३, शुक्रबार
  • ६ः०२ बेलुका

एसिड आक्रमण गर्ने बिरुद्ध कडा कानून बनाउन सांसदहरुको माग

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०५:३८

काठमाडौँ, संघीय संसदको प्रतिनिधिसभामा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै कडा कदम चाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराइएको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद जुली महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरि महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै बैठकको शून्य समयमा बोल्दै सांसदहरुले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको निशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

National Life

सांसद नरमाया ढकाल, सांसद पार्वता डिसीले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै दोषिलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारवाही गर्न माग गर्दै खातुनको सम्पुर्ण उपचार खर्च व्यहोर्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पार्वती कुमारी विशुंखे, प्रमिला राई लगायत सांसदहरुले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कडा कारवाही गर्दै भविस्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो ।

शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाण्डौस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया