• 12:09 pm

नेपालबाट भारततर्फ गाई तस्करी गर्ने दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०५:४३

महोत्तरी, नेपालबाट भारततर्फ गाई तस्करी गर्ने दुई जना तस्कर पक्राउ परेका छन् । आइतबार सम्सी गाउँपालिका–७ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजान लागेको अवस्थामा तीन वटा गाईसहित दुबैलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । तस्करीको गाईसहित पक्राउ परेका दुवै जनालाई सम्सी प्रहरी चौकीमा राखि थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिकृया