• 3:14 pm

सबै दल मिलेर विकास गर्न मन्त्री अर्यालको आग्रह

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०९:०५

स्याङजा । भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले विकासका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताउनु भएको छ । सबै मिलेमा छिटो विकास हुने बताउँदै मन्त्री अर्यालले सबैले विकासमा सहयोग गर्नुपर्ने बताउनु भयो । गल्याङ उद्योग वाणिज्य संघको प्रथम साधारण सभा तथा अधिवेसनलाइ सम्वोधन गर्दै अर्यालले अब वाणिज्य संघहरुले कृषिमा आधारित ब्यापार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले सरकारले कृषिमा धेरै लगानी गरेको जानकारी दिदै कृषिका उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । मन्त्री अर्यालले निजी क्षेत्र देशको अर्थतन्त्र विकासका लागि प्रमुख मेरुदण्ड र दरिलो खम्बा भएको बताउदै निजी क्षेत्रलाई उत्पादनशिल बनाउन अनुरोध गर्नुभयो । उद्योगी व्यवसायीको मनस्थिति गिराउने नभई सरकार उठाउने योजनामा रहेको जिकिर गर्नुभयो ।

प्रतिकृया