• 4:32 pm

अभियान थालेको ११ वर्षसम्म पनि निरक्षता उल्मुलन भएन

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०७:५८

विसं २०६५ मा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा ग¥यो । र, भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको छैन । गत माघमा मन्त्रिपिरक्षद्ले २०७६ लाई साक्षर वर्ष मनाउने अवधारणा स्वीकृत ग¥यो । र, निरक्षतालाई कम्तीमा साक्षर गर्न सक्ने बनाउने अभियान अघि बढायो । त्यसले पनि सार्थक रुप लिन सकेको छैन ।

साक्षर नेपाल वर्ष घोषणाको ६ महिनामा मोरङ, डडेलधुरा, उदयपुर र वैतडी मात्र पूर्ण साक्षर जिल्लाका सूचीमा थपिएका छन् । ७७ मध्ये ५१ मात्रै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको शिक्षा मन्त्रालयको तथ्यांकमा छ । साक्षर नेपाल वर्ष सुरु हुनु अघि ४७ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।

साक्षर जिल्ला घोषणा गरिएका जिल्लामा समेत सरकारी तथ्यांकअनुसार निरक्षता उल्मुलन भएको भन्दै अभियानको आलोचना हुँदै आएको छ ।
(सुदीप कैनी)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया