• 8:20 pm

फिदिममा विद्यालय समयमा सवारी साधन चलाउन नपाईने

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार १०:४१

पाँचथर । पाँचथरको फिदिम बजारमा विद्यालय समयमा सवारी साधन चलाउन निषेध गरिएको छ । विद्यालय समयमा सवारीको चाप बढनाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले फिदिम नगरपालिका वडा नम्बर १ को कार्यालयले समय तोकेर प्रवेश निषेध गर्ने गरी होडिङ बोर्ड राख्न थालेको छ ।
]

विद्यालय समयमा बजार क्षेत्रभित्र तिव्र गतिमा सवारी चलाउने, मालवाहक तथा ठूला सवारी साधानहरु संचालन गर्दा दुर्घटनाको जोखिम वढेको भन्दै होडिङ बोड राखिएको फिदिम १ कार्यवाहक वडाअध्यक्ष राजकुमार नेम्बाङले जानकारी दिनुभयो ।

प्रतिकृया