• २ असोज २०८३, शुक्रबार
  • १ः४४ राती

कागेश्वरीमा तीनदिने महामेला हुने

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार १०:५९

काठमाडौं, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा लाग्ने महामेलाका सम्पूर्ण तयारी पूरा भएको छ ।

National Life

भाद्र शुल्क अष्टमी अर्थात कागेअष्टमी दिनका लाग्ने महामेला तीनदिनसम्म विविध कार्यक्रम गरी मनाइने महामेला मूला आयोजक समितिले जनाएको छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा यस मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले आफ्नो पहिचानसँग जोडेको छ ।

नगरपालिकाले तीन दिनसम्म बिशेष कार्यक्रम गर्ने कार्य तालिका बनाएको सार्वजनिक गरेको छ बुधवार पत्रकार सम्मेलन गरी जनाइएको छ । । भदौ १९ गते कागेश्वरी मन्दिरको महत्वका बारेमा कवि गोष्ठि गरी साहित्यक कार्यक्रम सञ्चालन गर्ने, २० गते कागेअष्टमीका दिन कागेश्वरी महामेलाको उद्घाटन गर्ने र २१ गते मन्दिरको सरसफाइ गर्ने तय भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै काठमाडौंको उत्तर पूर्वमा रहेको कागेश्वरी महादेव मन्दिरमा तीनदिनसम्म चल्ने महामेलामा करिब एक लाख ५० हजार धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको छ । किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसै बेलादेखि त्यस मन्दिरको नाम कागेश्वरी महदेव मन्दिर रहन गएको हो भन्ने जनविश्वास रहँदै आएको छ ।

रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पबित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहदै आएको छ । सत्ययुगमा सेतीदेवीको मुटु पतन भएर कागेश्वरी महादेवको शिवलिङ्ग उत्पन्न भएको हो विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । अहिले धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले २२७ किलो धातुको कागको मूर्ति स्थापना गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले बताउनुभयो ।

महामेला मूला आयोजक समितिक अध्यक्ष एवं वडा नं. १ का वडाध्यक्ष मकुन्द गजुरेलले कागेश्वरी महामेलाको सम्पूर्ण तयारी पूरा भएकाले दर्शनका लागि सबै भक्तजनलाई आग्रह गर्नुभयो । नगरपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न लागेको छ । अहिले मन्दिरको विस्तृत परियोजना प्रस्ताव ( डिपिआर) निर्माण गरी मन्दिर क्षेत्रको भौतिक संरचना निर्माण भइरहेका छन् ।

कागेश्वरी महादेव मन्दिर परिसर पुग्दा जोकोहीको पनि मन आन्नदित हुन्छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको पनि मन लोभ्याउने गरेको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको संख्या दैनिक बढदै गएका छन् ।

नेपालकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेवको मन्दिरमा हरेक बर्ष कागेअष्टमीका दिन बिशेष मेला लग्ने गरेको गजुरेलले जानकारी दिनुभयो । कागेअष्टमीका दिन कागेश्वरी महादेवमन्दिरको दर्शन गर्नाले सम्पूर्ण पाप नाश हुने यस लोकमा सुख, शान्ति, र समृद्धि हासिल गरी परलोकनमा मोक्ष पाइन्छ भन्न जनविश्वास रहँदै आएको छ । कागेअष्टमीका दिन नगरपालिकाले नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिकृया