• ५ साउन २०८३, मंगलबार
  • ४:०२ बेलुका

चाँगूनारायण नगरपालिकामा डेंगु नियन्त्रण तथा रोकथाम अभियान

प्रकाशित मिति

२०७६ भाद्र १८ गते, बुधबार ०५:१९

भक्तपुर, डेंगुको संक्रमण भेटिएपछि जिल्लामा मंगलबार देखि द्रुत प्रतिकार्य समुहको बैठक बसी रोकथाम गर्ने अभियान सुरु गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । प्रजिअ भट्टले जिल्लामा रोग रोकथाम गर्ने अभियान सुरु गरिएको बताउँदै जिल्लाभर यो अभियान शुरू गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले अभियान अन्तर्गत चाँगूनारायण नगरपालिका भित्रका जनप्रतिनिधि,पत्रकार , स्वास्थ्यचौकी र नगर स्वास्थ्य केन्द्रका प्रमुखसँग डेंगु रोकथामका बारेमा समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुभयो ।

Kamana Sewa

कार्यक्रममा नगरपालिका प्रमुख सोम प्रसाद मिश्रले डेंगु रोग नियन्त्रणका लागि विभिन्न अभियान तथा प्रयास जारी रहेको बताउँदैप्रमुख मिश्रले डेंगु रोग नियन्त्रणका लागि नगरले सबै खालका प्रयास र प्रयत्नहरु गर्ने बताउनुभयो ।

Classic Tech Desktop

जिल्लाका १२ जनामा डेंगुको संक्रमण भेटिए पछि भक्तपुर जिल्लाभर रोग नियन्त्रण तथा रोकथाम अभियान शुरू गरिएको छ । मंगलबारबाट शुरू गरिएको उक्त अभियान अन्तर्गत जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेंगुका बारेमा गम्भीर छलफल भएको थियो । जिल्लाका चारवटै नगरपालिकामा रोग नियन्त्रण तथा रोकथाम अभियान गर्न एक समन्वय समिति बनाईएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी तिमिल्सेना, चाँ.न.पा उप प्रमुख विना बस्तोला, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया